लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

196
Shares

काठमाडौँ।

आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ।

शुक्रबार अर्थमन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनकारीका प्रतिनिधिबीच सहमति भएको हो।

सहमति पत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन्।