सेन्ट जर्ज र यती विजेता



काठमाडौं ।

अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रुपमा आयोजना गर्दै आएको कँडेल कन्सल्टेन्सी कपको १३औं संस्करणमा सेन्ट जर्ज नेप्लिज क्लब र यती एफसी विजेता बनेका छन् ।

१५ टोलीको सहभागिता रहेको यस प्रतियोगिताको खुल्लातर्फ सेन्ट जर्ज र तथा ३५ वर्षमाथिको स्पर्धामा यति विजेता बनेका हुन् । मेलबर्नको डेराबिन अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टर सम्पन्न प्रतियोगिताको खुल्लातर्फ सेन्ट जर्जले युनाइटेड एफसीलाई सडनडेथमा ७-६ ले हराएर विजेता बनेका हुन् । विजेता सेन्ट जर्जले १२ हजार र उपविजेता युनाइटेडले ४ हजार ५ सय अस्ट्रेलियन डलर प्राप्त गरे । यस स्पर्धामा आशिष चौधरी उत्कृष्ट खेलाडी, आशिष लामा सर्वाधिक गोलकर्ता र मिलन गुरुङ उत्कृष्ट गोलकिपर घोषित हुँदा गोल्ड कोस्ट नेप्लिज फुटबल क्लबले फेयर प्ले अवार्ड जित्दै जनही २ सय अस्ट्रेलियन डलर प्राप्त गरे ।

त्यसैगरी ३५ वर्षमाथिको उपाधि जित्ने क्रममा आयोजक यती एफसीले युनाइटेड क्रेगबन ब्रिगेड स्पोर्ट्स क्लबलाई सडनडेथमा ३-२ ले पराजित गरेका थिए । उपाधि विजेता यतीलाई २ हजार ५ सय र उपविजेता युनाइटेड क्रेगबनलाई १ सय अस्ट्रेलियन डलर पुरस्कार प्राप्त गरे । यस स्पर्धामा निराजन गुरुङ उत्कृष्ट खेलाडी, राजेश श्रेष्ठ उत्कृष्ट गोलकर्ता र भिषण गुरुङ उत्कृष्ट गोलकिपर घोषित हुँदा गोल्ड कोस्ट नेप्लिज फुटबल क्लबले फेयर प्ले अवार्ड प्राप्त गर्दै जनही २ सय अस्ट्रेलियन डलर प्राप्त गरे । अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कँडेल कन्सल्टेन्सीका प्रमुख राज कँडेल, डेराबिनका मेयर सुजान न्युटनलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्