सवारी दुर्घटनामा एकजनाको मृत्यु

2.2k
Shares

नवलपरासी।

पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परि करिव ४० वर्षीय युवक माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।

साेमबार अपरान्ह करिब सवा एक बजेकाे समयमा स्थानीय खरकट्टा जंगल स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेकाे ट्रक र पश्चिमबाट आउदै गरेकाे ट्रक ठाेक्किदा साेदुर्घटना भएकाे हाे ।

दुर्घटनापछि घाईते माेटरसाईकल चालककाे उद्धार गरी उपचारका लागि स्थानीय मध्यविन्दु जिल्ला अस्पताल लगिएकाेमा १ बजेर ४० मिनेट जाँदा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी निरिक्षक साजन शर्माका अनुसार दूर्घटनामा परेकाे लु ५० प ४७०९ नम्वरकाे माेटरसाईकल र बा प्र ०३००१क ९५५ नम्वरकाे ट्रकसहित चालकलाई नियन्त्रणमा लिईएकाे छ ।

दूर्घटनामा परि टाउकाेमा गम्भीर चाेट लागेर मृत्यु भएका माेटरसाईकल चालककाे नाम थर वतन नखुलेकाले पहिचानका लागि प्रयास भईरहेकाे शर्माले जानकारी दिएका छन् ।