वालकुमारी वनक्षेत्रको सल्लावन सरसफाइ

1.7k
Shares

ललितपुर । 

ललितपुर वन डिभिजन कार्यालय अन्तर्गत मच्छिन्द्र स्वडिभिजन वन कार्यालयको सहयोगमा ललितपुर महानगरपालिका–१८ सैंबु स्थित  श्री वालकुमारी सामुदायिक वन समूहले भञ्ज्याङ क्षेत्रमा रहेको सल्लावन क्षेत्र सरसफाइ गरेको छ । पर्यापयटन विकास र वनक्षेत्रमा नयाँ प्रजातिका बिरुवा संरक्षण गर्न सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

 ललितपुर महानगरपालिका वडा नं १८,नेप्सेम्याक, श्री वालकुमारी सिर्जना क्लब, सैबु खानेपानी तथा सरसफाइ लगायत संघसंस्थाको सहभागिता रहेको  थियो । सरसफाइ कार्यक्रममा बोल्दै  सब डिभिजन कार्यालय प्रमुख दुर्गा कार्कीले ललितपुर महानगरक्षेत्र भित्रको महत्त्वपूर्ण एवं संरक्षित वनक्षेत्रको संरक्षणमा समूहले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन्  ।

वालकुमारी बन समूहको कार्य उत्कृष्ट रहेको उल्लेख गर्दै वन व्यवस्थापन र पर्यापर्यटन क्षेत्रको विकासमा समूहले महत्त्वपूर्ण भुमिका खेलेको बताइन्  । ‘नमुना वन समूहको रुपमा परिचित वालकसमारी वन समुहसंग सहकार्य गर्न सब डिभिजन वन कार्यालय सधैँ तयार रहेको छ–उनको भनाई थियो । उनले पर्यापर्यटन विकास गर्न नयाँ आग्रह गर्दै त्यसको लागि डिभिजन वन कार्यालय सहयोग गर्ने बताइन्  ।

 कार्यक्रममा ललितपुर महानगरपालिका वडा–१८ का अध्यक्ष दामोदर खड्काले वन क्षेत्र संरक्षण गर्न वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–वनक्षेत्रभित्र पर्यापर्यटनको विकास गर्न कस्तो सहयोग आवश्यक छ, त्यसको लागि वडाले सहयोग गर्न तयार छ ।

 उनले वनक्षेत्रलाई पर्यापर्यर्टनको रुपमा विकास गर्न वडा कार्यालयले सक्दो सहयोग गर्ने बचनबद्धता जनाए । यसअघि बडा कार्यालयले साहसिक खेल साइकल ट्रेल, खेल सामाग्री राख्ने स्थान निर्माण र वृक्षारोपण गर्न सहयोग जारी राखेको छ ।

 वन समूहका अध्यक्ष किशोर कुँवरले महानगरकै नमुनाको रुपमा रहेको यस वनक्षेत्रको विकास गर्न विभिन्न परियोजना तयार भएको बताए  । भने–‘हामीले परियोजना बनाएका छौ, सबै सरोकारवालानिकायले सहयोग गर्दा यसक्षेत्रलाई ललितपुर महानगरकै घुम्न योग्य क्षेत्र बनाउनेछौ । अध्यक्ष कुँवरले अब हरेक शनिवार वनक्षेत्रमा सररफाई जारी राख्ने बताए । सर सफाइको नेतृत्व रामचन्द्र थापाले गर्नेछन् ।