नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

448
Shares

काठमाडौं ।

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाउँदा खेल वर्षाले रोकिएको हो।

टस जित्दै फिल्डिङ रोजेको नेपालका लागि पहिलो ओभरको पहिलो बलमै हङकङका मार्टिन कटेजको विकेट करण केसीले लिएका थिए। गलशन झाबाट उनले कटेजलाई क्याचआउट गराएका हुन्। आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ।

रासिद खान, आकाश चन्द र सागर ढकाल बेन्चमा रहँदा करण केसी, लोकेश बम र अभिनास बोहोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ। आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन्।