पहिलो बलमै करण केसीले लिए हङकङको विकेट

476
Shares

काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा हङकङविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ। टस जितेर फिल्डिङ गरिरहेको नेपालले  हङकङको पहिलो विकेट लिएको छ।

नेपालका लागि करण केसीले पहिलो विकेट हात पारेका हुन्। उनले पहिलो बलमै हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच गराए। हङकङले ३ ओभरको समाप्तिमा एक विकेटको क्षेतिमा २४ रन बनाएर खेलिरहेको छ।

आजको खेलमा नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ। रासिद खान, आकाश चन्द र सागर ढकाल बेन्चमा रहँदा करण केसी, लोकेश बम र अभिनास बोहोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ।