राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

126
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक आह्वान गरेका हुन्। आज साँझ ५ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार तय गर्ने उनले बताए। सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउने छ। राष्ट्रिय सभाको अध्यक्षमा अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल, झक्कु सुवेदी र नारायण दाहाल आकांक्षी छन्।

राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणाा हुँदै छ। शनिबार कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई चुनेको छ।