सहकारीको विवादास्पद काम : जग्गा लिलाम विवाद, चारवर्षदेखि गाडी नियन्त्रण

13.8k
Shares

धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको सफल सहकारी ब्राण्ड प्राप्त स्राेत  परिचालन बचत तथा ऋण सहकारी संस्थाले एकजना ऋणीसँग गरेको कारोबार जग्गा लिलामी प्रक्रियाले सहकारीको काम गर्ने शैलीलाई गिज्याइरहेको छ ।

सहकारीबाट लिएको ऋण कोरोना कालमा समस्या आएपनि समयमै तिरिरहेको र सहकारीको सम्पर्कमा ऋणिले व्यजा तथा हर्जाना ससमेत तिरिरहेको जग्गाको अवैधानिक रुपमा लिलामी गरेको र आफूले कमाए ऋण तिर्ने सवारी साधन अवैधानिक रुपमा नियन्त्रणमा लिएर नचल्ने हालतमा पुर्‍याएपछि सहकारी विरुद्ध न्यायिक निकायमा जान लागेको सहकारी पीडित मेघनाथ पोखरेलले नेपाल समाचारपत्रलाई बताए  ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी पोखरेलले सहकारीबाट तिनओटा शिर्षकमा ०।७५ असोज १५ गते ऋण लिएको पाइन्छ । जग्गा धितो राखेर १५ लाख, बुलेरो जिप किन्न कात्तिकमा १५लाख ३३ हजार र कृषि ऋण भनेर ५ लाख रुपैयाँ लिएको र समय समयमा किस्ता र ब्याज तिर्दै आएको ऋणी पोखरेलको भनाइ छ ।

सबै ऋण सुनौला बजार ६ ९ङ० ३०१ कित्ता नम्बरको २–५–०–१ क्षेत्रफल, ३१२ कित्ता नम्बरको ७–११–३–० क्षेत्रफल, र ३०९ कित्ता नम्बरको १–२–३–१ क्षेत्रफल, को जग्गा मञ्जुरीनामा श्रीमान मेघनाथको नाममा दिएर सावित्रि पोखरेल समेत मिलेर आफ्नो जग्गामा बाख्रा पालन समेत गरेका थिए  । नियमित रुपमा कारोबार गर्दै आएको ऋणिलाई थाहै नदिइ जग्गा लिलामी निकालेर आफूमाथि अन्याय गरेको मेघराज पोखरेलको भनाइ छ । सहकारीले ०७८ भदौमा नुवाकोटको उत्तरगया नामक पत्रिकामा सूचना प्रकाशित गरेको थियो ।

जुन पत्रिका धादिङमा आउने गरेको जानकारी छैन । पत्रिकामा उल्लेख भएअनुसार ०७८ असोज ६ गते लिलामी सूचनाको अन्तिम मिति छ । ऋणिले असोज ११ गते १० लाख रुपैयाँ पैसा समेत तिरेको पाइन्छ । जग्गा लिलामीमा गएको भए सो मिति पछि किन ऋणीबाट रकम असुलियो होइन भने किन ऋणीको धितो लिलाम गरेर सहकारी आफैँले लियो ? अनौठो विषय बनेको छ ।

ऋणीले ०७८ कात्तिक ९ गते १३ लाख १७ हजार रुपैयाँ गाडीको सावाँ व्याज गरेर सबै रकम भुक्तानी गरे । तर सहकारीले पूर्व अध्यक्षको घरमा राखिएको गाडी व्यक्तिलाई चल्ने हालतमा उपलब्ध गराएको छैन । सवारी साधन चल्ने अवस्थामा समेत नभएकोले पुरानो अवस्थामा गाडी उपलब्ध गराउन ऋणि पोखरेलको माग छ ।

श्रोत परिचालन सहकारीले ०७८ मंसिर ३ गते टिप्पणी उठाएर मंसिर १६ गते सहकारीको नाममा धितोमा रहेको तिन कित्ता जग्गा पास भएको देखिएको छ । यसरी पास गर्दा जानकारी नै नभएको सावित्री पोखरेलको नामबाट कृषि विकास बैकमा जग्गा विक्रिगर्दाबापतको लाभकर १ लाख ६८ हजार ३ सय ६० रुपैयाँ जम्मा गरेको देखाइएको छ । त्यतिखेर नआएको मानिसको किर्ते दस्तखत भौचरमा गरेर जग्गा आफ्नो बनाएको पोखरेल परिवारको भनाइ छ ।

मालपोत कार्यालयले पनि धेरै कागज किर्ते बनाउन सघाएको यो जग्गा दाखिला खारेज र सहकारीको नाममा गएको अवस्था हेर्दा देखिएको छ । पंचकृत मूल्य कायम गर्दा एक जना वडा अध्यक्ष गौतमहरी अधिकारी, र सहकारीका तत्कालिन अध्यक्ष प्रदिप अधिकारीका ठूलोबाबुका छोरा नारायण अधिकारीले कागजमा दस्तखत गरेको देखिन्छ । यो कागज वडा अध्यक्षको रोहबरमा हुने निति भएपनि वडा नै मूल्यकायम गर्न सही गरेको र अन्य कुनैपनि मानिस सो पंचकृत मूल्य कायममा नभएको पाइएको छ ।

जिल्ला मालपोत कार्यालयले जग्गा पास गर्ने समयमा मंसिर ३ गते टिप्पणी आदेश गर्दै जनता बैँकको ऋणि पोखरेल रहेको र जनता बैँक हाल श्रोत परिचालन सहकारी संस्था लि. भएको उल्लेख गरि हुँदै नभएको गलत विषयको आधारमा सहकारीलाई जग्गा दिएको स्पष्ट मिसिलहरुमा देखिएको छ ।
यस किसिमको विवाद पटक पटक भएको र आफ्नो जग्गा सहकारीको नाममा गइसकेपछि पनि सहकारीले ऋणि पोखरेलबाट ०७८ पुस २० गते जरिवाना भनेर १३ हजार ३ सय ३१ र व्याज भनेर १२ हजार २ सय ९८ रुपैयाँ लिएको पाइएको छ ।

यसरी व्याज र हर्जना तिर्दा समेत आफ्नो जग्गा लिलाम भएको आफूलाई थाहा नदिएकोले जिल्ला मालपोत कार्यालय, सहकारी दुबैले मिलेर आफूमाथी अन्याय गरेको सावित्री पोखरेल र मेघराज पोखरेलको भनाइ छ । एक लाख भन्दा कम ऋण लिएको गणेश कुमार श्रेष्ठले ०७६ मंसिरमा जबरजस्ती गाडी कब्जामा लिएपछि आफूले कुनैपनि काम गर्न नपाएको र पछि सहकारीका तत्कालिन अध्यक्ष प्रदिप अधिकारीको घर छेउमा उनकै जग्गामा राखिएको अवस्थामा बा २० च ८७४४ नम्बरको बुलेरो पिक अप गाडी राखिएको छ ।

उजुरी लिएर प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका मेघराज पोखरेल र सहकारी बिच ३ पटक जिल्ला प्रहरी कार्यालयमा छलफल भएको छ । सहकारी नियम संगत हुन्छ भनेर टारी रहेको छ भने आफूलाई क्षतिपूर्ति र बिगारेर राखिएको गाडी पुरानो अवस्थामा फिर्ता गराउन माग गरेका छन् ।
घटनाका सम्बन्धमा सहकारीका अध्यक्ष रुद्रबहादुर खत्रीले सहकारीको राष्ट्रिय निति नियम र स्राेत परिचालन सहकारकिो विनियम निति बमोजिम हुने र सहकारकिो तर्फबाट नराम्रो काम नगरेको बताएका छन्  ।

किर्ते काम नगरेको, नियम संगत अनुसार लिलाम गर्दा गल्ती भएको भए सच्याउने र छलफलबाट समस्या समाधान गरिने बताएका छन्  । सहकारीको तर्फबाट जग्गा ऋणीलाई नेपालको कानून बमोजिम फिर्ता गर्ने गत माघमा सहकारीले निर्णय गरेको बताए  ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले संचालक समितिले गरेको निर्णय कार्यान्वयन गरेको बताउँदै सहकारी र ऋणि बिच सहमतिमा समस्या आएका विषय समाधान गर्ने बताए। ३८ करोड १३ लाख २७ हजार २ सय ६७ रुपैयाँ लगानी गरेको स्राेत परिचालन वचत तथा ऋण सकारी संस्थाको ८ हजार ९ सय ९३ जना सेयर सदस्य रहेका छन् ।