नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ, जनमतको पनि अपमान : कांग्रेस

168
Shares

काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए। चुनावबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताए।

उनले भने, ‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे।’ व्यक्तिगत रुपले हाम्रो सम्बन्ध यथावत रहेको भन्दै उनले भने, ‘यो सदनमा रहेका सबैप्रति मेरो व्यक्तिगत सम्मान छ। सबै साथीका प्रति सम्मान छ।’

उनले राजनीति मर्यादा र सम्मानले मात्रै नभएको भन्दै गठबन्धनको मर्मविपरीत गठबन्धन भत्काएको आरोप लगाए।