म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ चयन



म्याग्दी ।

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा आगामी तीनवर्षे कार्यकालका लागि सुविन श्रेष्ठ चयन भएका छन् । शनिवारदेखि बेनीमा सुरु भई आइतबार राति अबेर सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यवसायी श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा संघको नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ, महासचिवमा नारायण जिसी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बावुराम) सर्वसम्मत रुपमा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले जानकारी दिए ।

यसैगरी संघको कार्यसमिति सदस्यहरुमा राजकुमार श्रेष्ठ, अन्जित खान, गोपाल पौडेल, तारानाथ रेग्मी, नवराज पौडेल, भोजबहादुर रिजाल, सुनिता केसी, नारायण शर्मा, हेमन्त बानियाँ, राजु कँडेल, यज्ञबहादुर थापा, हरिप्रसाद पौडेल, चिरञ्जीवी शर्मा, सन्दीप खत्री, कृष्ण खत्री, प्रेम गिरी, वीरेन्द्रमान शाक्य, रवीप्रसाद शर्मा, हिमाल श्रेष्ठ र प्रविन श्रेष्ठ रहेका छन् । संघको निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ र वस्तुगततर्फ टेलरिङ व्यवसायी संघका अध्यक्ष गोपाल परियार पदेन सदस्यको रुपमा रहेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ।

त्यस्तै संघअन्तर्गत रहेका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि बजार इकाइबाट क्रमशः अध्यक्षहरु सुनिता बरुवाल गिरी, बालकृष्ण खत्री, चक्रलाल पाण्डे, लेकबहादुर पुन र तेजेन्द्रबहादुर थापा समेत संघको पदेन सदस्यको रुपमा निर्वाचित भएका छन् । संघमा निर्वतमान अध्यक्षसहित ३७ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको छ । अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन गर्नका लागि आइतबार दिनभर पूर्व अध्यक्षहरु प्रमोद श्रेष्ठ, जीवनबहादुर विश्वकर्मा, उत्तमकुमार कर्मचार्य, कुविरकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल लगायतले सहमतिको माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने विषयमा सहमति जुटाएका थिए ।

नवानिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघको पूर्व जिल्ला अध्यक्षहरु सुदर्शनकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, जीवनबहादुर विश्वकर्मा, उत्तमकुमार कर्माचार्य र निवर्तमान अध्यक्ष कटुवालले बधाइज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशन शनिवार एक समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए ।

अधिवेशनबाट संघको अध्यक्षमा निर्वाचित श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको हकहितका लागि रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले सर्वसम्मत रुपमा संघको नयाँ नेतृत्व चयन गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै संघको नीति नियमअनुसार सबै उद्योगी, व्यवसायीहरुको हकहितको साथै व्यापार, व्यवसाय वृद्धि गर्न आफूले आवश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्