तिमीजस्तो साथीमा मल्ल दम्पती



ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठको स्वरमा तिमीजस्तो साथी बोलको गीत हालै ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
केशव भट्टराईको शब्द रहेको गीतमा किर्ती न्यौपानेको संगीत छ।

गीतमा एक जीवन संगीनीले आफ्ना पतिको जीवनमा खेलेको महत्वपूर्ण भूमिका र साथबारेमा वर्णन गरिएको छ। सुमधुर गीतमा कलाकार दम्पती कृष्ण मल्ल र शर्मिला मल्लको रियल जोडीले जीवन्त अभिनय गरेको छ।

भिडियोमा मल्ल दम्पतीका साथमा नारायण प्रधान, राकेश खड्का, राजेश बिसुराल, श्यामकृष्ण सञ्जेल, राजु चौहान र निर्जन रिमालले अभिनय गरेका छन् भने गायक श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ। कृष्णदेव रुपाखेतीद्वारा निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी र विनोद बमको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्