निकम्माहरुको शासन 



भनाइ छ– …जस्तो खुट्टी उत्रै बल, जस्तो बिउ उस्तै फल । खुट्ट सानो हुनेले ठूलो भारी बोक्न सक्दैन, गोलभेडाको बीज रोपेर कागती फल्दैन । विष रोपेर अमृतको अपेक्षा गर्नु भनेको विष फल्नुको दोष होइन, एउटा बीज रोपेर अर्को फल अपेक्षा गर्नेकै दोष हो । जोसँग जे गुण र जे क्षमता छ, त्यसबाट त्यही फल्छ र त्यसले त्यति मात्र गर्ने हो । जसको दिमागमा जे भरिएको छ, उसले मुखबाट त्यही ओकल्ने हो । त्यसैले संसारमा कोहीसँग पनि क्षमताभन्दा बढी अपेक्षा गर्नुहुन्न । अपेक्षा गर्नु मूर्खता हो ।
परिणाम प्रकि्रयासँग सम्बनि्धत हुन्छ । यदि कोही परिणाम राम्रो खोज्छ भने उसले प्रकि्रयामा राम्ररी ध्यान दिनुपर्छ । परिणाम राम्रो खोज्नु तर प्रकि्रयामा ध्यान नदिनु प्रकि्रया राम्रो नगर्नेको जति दोष हो, राम्रो प्रकि्रया गर्न खबरदारी नगर्नेको पनि त्यति्तकै दोष हो । नबिग्रेसम्म ध्यान नदिने तर बिग्रेपछि टाउकोमा हात लगाएर पछुताएर केही अर्थ छैन । तर हामी अधिकांशको नियति समय हुँदासम्म गलत काम हुनबाट नरोक्ने, गलत परिणाम आएपछि पछुताउने भएको छ ।
यो धर्तीमा अपार सम्भावना छन्, हरेक व्यकि्तले मात्र त्यो सम्भावनालाई पहिल्याउन सक्नुपर्छ । यहाँ राम्रा कुरा पनि छन्, नराम्रा कुरा पनि छन् । धर्तीमा विचित्र विचित्रका चरित्र छन् । अधिकांश चरित्रचाहिँ यस्ता छन्, जो फल गतिलो खोज्छन्, तर बिरुवा गतिलो रोप्दैनन् । सम्भावनाको ढाकाहरु देख्दैनन्, ढोकाबाट नपसी एकैपटक माथिल्लो तलामा पुगियोस् भन्ने अपेक्षा गर्छन् । अरु घोडा चढेको देखेर आफू धुरी चढ्न कसरत गर्छन् ।
समाजका हरेक मान्छेको अपेक्षा फल राम्रो होस् भन्ने नै हुन्छ । तर राम्रो फल प्राप्त गर्न राम्रो परिश्रम चाहिन्छ । राम्रो बीज चाहिन्छ । बीज मात्र राम्रो भएर हुँदैन, बीजलाई भण्डारबाट निकालेर माटोमा रोप्नुपर्छ, बिरुवा बनाउनुपर्छ, त्यसलाई जोगाउनुपर्छ, बिरुवा वरिपरिका झारपात उखेलेर फाल्न सक्नुपर्छ । बिरुवासँग फल लिनका लागि बिरुवालाई मल र जल दिनुपर्छ । तर यो प्राकृतिक नियम अधिकांश मान्छेले बुझेनन् । बिरुवाको उचित स्याहारसुसार गरेन् । परिणाम बोटमा निकम्मा फल फल्यो । अनि समाजमा निकम्माहरुको बिगबिगी भयो । निकम्माहरुले समाजलाई ध्वस्त पारे, संगठनलाई ध्वस्त पारे, समग्र देशलाई नै ध्वस्त पारे ।
समाज र संगठन एक व्यकि्तको इच्छामा मात्र चल्दैन । यो सामूहिक नेतृत्वको उपज हो । समाज र संगठन निर्माण गर्न धेरै असल व्यकि्तहरु चाहिन्छ । तर समाज र संगठन बिगार्नचाहिँ एक निकम्मा व्यकि्त भए पनि पुग्छ । भनिन्छ नि– …आलुको बोराभित्र एउटा मात्र कुहेको आलु भयो भने त्यसले बोराभित्रको सबै आलुलाई कुहाइदिन्छ । त्यसैले बोराभित्रको कुहेको आलु होस् वा संगठन र समाजमा भएको कुहेको पात्र होस्, त्यसलाई बेलैमा बिदा गर्नुपर्छ ।
कुनै पनि संगठन, समाज र देशको निर्माणमा हरेक व्यकि्तको उति्तकै जिम्मेवारी हुन्छ । कुनै खराब व्यकि्तले संगठन, समाज र देश बिगार्न खोज्यो भने समाजका हरेक सदस्यले त्यस्तो कार्यलाई रोक्नुपर्छ । यो समाजका सदस्यहरुको परम कर्तव्य हो । खराब व्यकि्तले जहिले पनि गलत काम गर्छ । खराब व्यकि्तको गलत कामको विरोध असलहरुबाट भएन भने असलहरुले निकम्माको शासन स्वीकार गर्नुपर्छ ।
प्लेटोले भनेका छन्– …राजनीतिमा होमिन नचाहनेले आफूभन्दा अक्षमहरुबाट शासित हुने सजाय पाउँछन् । प्लेटोले राजनीतिक सन्दर्भमा भनेको भए तापनि संगठन, समाज देश र सारा विश्वका हरेक क्षेत्रमा यो कुरा लागू हुन्छ । क्लब, टोल सुधार समितिदेखि समाज, विकास निर्माण, देशको सरकार, संसद् र सारा विश्व संगठन जहाँसुकै होस्, गलत मान्छे हाबी भयो भने त्यो संस्था ध्वस्त हुन्छ ।
कुनै संगठनमा निकम्मा मान्छे नेतृत्वमा पुग्दा रोक्न प्रयास नगर्ने, बरु टुलुटुलु हेरेर बस्ने व्यक्ति पनि एक किसिमको निकम्मा नै हो, जसले यो धर्तीप्रतिको आफ्नो कर्तव्य पूरा गरेन । निकम्मालाई रोक्ने प्रयास नगरेर ऊ आफू त निकम्मा भयो नै, समग्र समाज र देशलाई समेत निकम्मा शासित बनाएर संगठन, समाज र राष्ट्रप्रतिसमेत अन्याय ग¥यो । निकम्मा त निकम्मा थियो नै, निकम्मालाई नरोक्ने अर्को निकम्मा निसि्कयो । अक्षमताको पगरी गुत्यो । शासकको दास भयो ।
सक्षमहरु भनेका ती हुन्, जो निकम्माको नेतृत्वलाई स्वीकार गर्दैनन् । कसैले पनि निकम्मालाई नस्वीकारेपछि नेतृत्वमा सक्षम मात्र पुग्छन् । सक्षम नेतृत्व चुन्नेहरु नै सक्षमबाट शासित हुन्छन् । तर जब निकम्माहरु अर्को निकम्मालाई रोक्दैनन्, फलस्वरुप निकम्माबाटै शासित हुन्छन् । त्यसैले भनिएको हो– …सक्षमका पछाडि सक्षमहरु नै हुन्छन् र निकम्माका पछाडि निकम्माहरुकै लस्कर हुन्छ । निकम्माको नेता नि निकम्मा नै हुन्छ, सक्षमको नेता पनि सक्षम नै हुन्छ । सक्षमहरुको नेता निकम्मा हुनै सक्दैन । निकम्माहरुबाट शासित भएर पनि कसैले आफूलाई सक्षम ठानेको छ भने त्यो उसको भ्रम हो ।
नेपाली समाज यति बेला गर वा मरको दोसाँधमा छ । समाज निकम्माहरुप्रति असन्तुषि्ट पनि जनाइरहेको छ, तर निकम्माहरुलाई रोक्न प्रयास पनि गरिरहेको छैन । समाजको जिम्मेवार व्यकि्तको मौनताको परिणाम जताततै निकम्माहरुको बिगबिगी छ । निकम्माको बिगबिगी भएपछि कि निकम्माबाट शासित हुन तयार हुनुपर्छ, होइन भने निकम्मालाई हटाउन मैदानमा हामफाल्नुपर्छ । तर हाम्रो समाजको विडम्बना भनौँ, निकम्माप्रति मौन असन्तुटि राख्छ, तर निकम्माहरुको खुलेर विरोध गर्न सक्दैन ।
धेरै मान्छेहरु परिणाम आपूmले चाहेजस्तो होस् भन्ने चाहन्छन् । तर आफूले चाहेजस्तो हुन त आफूले कर्म गर्नुपर्छ । अपेक्षाचाहिँ आफ्नो पूरा हुनुपर्ने, कर्मचाहिँ अरुले गरिदिनुपर्ने भन्छन् । न बोल्न सक्छन्, न त स्वीकार गर्न सक्छन् । यस्ता पात्र निकम्माका विरोधी होइनन्, बरु आफैँ निकम्मा हुन्, जो निकम्माबाट शासित हुन मात्र योग्य छन् ।
यो देशका संस्था, समाज र सिंगो देश बिगार्ने निकम्मा नेतृत्व मात्र होइन, निकम्मालाई नेतृत्वमा पु¥याउने पनि हो । नेतृत्वमा पु¥याउने मात्र होइन, निकम्माहरुको कुकर्मको विरोध गर्न नसक्ने पनि हो, निकम्माबाट शासित भएर कसैले आफूलाई सक्षम सम्झेको छ भने त्यो उसको महाभ्रम हो । भ्रममुक्त भए मात्र निकम्माको शासनबाट मुकि्त मिल्छ । तर भ्रमको जालोबाट मुकि्त हुने जोखिम कोही उठाउँदैन ।
हेक्का रहोस्, कसैका पनि असन्तुषि्ट र गनगनले संस्था, समाज र देश बन्दैन । देश बन्न सक्षम नेतृत्व र असल विचार चाहिन्छ । असल विचारले आफूले नेतृत्व गर्न सक्नुपर्छ, आफूले नेतृत्व गर्न सकिन्न भने असल नेतृत्वलाई नेतृत्वमा जान सघाउनुपर्छ । निकम्मा नेतृत्वको खुलेर विरोध गर्न सक्नुपर्छ । खुलेर आक्रामक शैलीमा विरोध गर्न सकिएन भने …काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने शैलीमा समाजमा निकम्मा शासन चलिरहन्छ ।
समाजका अगाडि बोल्न नसक्नु र कुना पसेर गनगन गर्नु भनेको आफ्नै समयको बर्बादी मात्र हो । आफ्नै अक्षमताको प्रमाणीकरण हो । मुसाको दुलोमा पसेर नेतृत्व भएन भन्नु भनेको आफूमै क्षमता नहुनु हो । मुसाको दुलाभित्रको गनगन मुसाले मात्र सुन्छ । अरुलाई कुन दुलाबाट गनगने आवाज आइरहेको छ भनेर खोजी–खोजी सुन्ने फुर्सद यो दुनियाँमा कसैलाई छैन । निकम्माहरुलाई त सुन्ने धैर्य हुने कुरै भएन । अक्षमहरुको गनगन सुन्ने कान निकम्माहरुसँग पनि हुँदैन ।
निकम्माहरुबाट केही प्राप्त हुँदैन । उनीहरुको काम यो समाज, संगठन र देशलाई दिने होइन, बरु नजानिँदो गरी लुट्ने हो । अबको सक्षम पुस्ताले यो कुरालाई बुझेर निकम्माहरुलाई शासनबाट हटाउन तयार हुनुपर्छ । निकम्माहरुलाई हटाउन सकिँदैन भने निकम्माबाट शासित भएर मस्त निदाउन सक्नुपर्छ । के अबको पुस्ता पनि निकम्माहरुबाट शासित भएर मस्त निदाउन तयार भएको हो ?

[email protected]

प्रतिक्रिया दिनुहोस्