अस्पतालजन्य फोहोर व्यवस्थापनको फेरि अनुगमन

६० अस्पतालमा अनुगमन गरिँदै

784
Shares

–२८ को सकियो, आधा घण्टाअघि मात्रै जानकारी दिइने
–७ अस्पतालको फोहोर संकलनमा रोक, निजीमा अनुगमन तीव्र

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित अस्पतालहरूको फोहोर व्यवस्थापन अनुमगन शुरू गरेको छ । एक सातादेखि रोकिएको अनुगमन हिजो सोमबारबाट शुरू भएको हो ।

अनुगमनका क्रमममा स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा सोमबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । सोमबार वसुन्धरा, सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति र कानि्तपुर डेन्टल अस्पतालमा अनुगमन गरी फोहोर संकलनमा रोक लगाएको हो ।

वातावरण व्यवस्थापन विभागका वरिष्ठ इनि्जनियर निशा कोइरालाले …स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधिबारे स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । टोलीले संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिको अनुगमन गरेको थियो । टोलीले अनुगमन भएका तीनवटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग गरेको नपाइएकाले फोहोर संकलनमा रोक लगाएको विभागले जनाएको छ ।

यसअघि १४ गतेसम्म ७ सरकारीसहित २४ र सोमबार थप ३ गरी २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन अनुगमन भइसकेको छ । यस क्रममा यसअघि एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो । सोमबार थप ३ गरी ७ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो ।

तीनवटामध्ये बीपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर देखिएको थियो । यतिसम्म कि अस्पतालका निर्देशक डा. भीम आचार्यलाई फोहोर व्यवस्थापनको फोकल पर्सनका बारेमा समेत जानकारी थिएन । अटोक्लेभ कसले चलाउँछ, जोखिमयुक्त फोहोर कहाँ भण्डारण गर्ने गर्नुभएको छ लगायतका विषयमा जानकारी लिन खोज्दा आफूलाई जानकारी नभएको उत्तर दिनुभएको थियो ।

सो अस्पतालले अटोक्लेभ मेसिन फोहोरलाई निर्मलीकरण गर्नका लागि नभएर, अप्रेसनका लागि निर्मलीकरण गरिने साधन तथा उपकरण निर्मलीकरणका लागि प्रयोग गरेको जानकारी अनुगमन समितिले पाएको थियो । यो अस्पतालबाट सामाखुसीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । टोलीले कानि्तपुर डेन्टल कलेजको अवस्था पनि जानकारी लिएको थियो । सो अस्पतालमा १५० वटा डेन्टल चेयर र सयवटा बेड छन् । अस्पतालका अध्यक्ष डा. बुदि्धमान श्रेष्ठले फोहोर भण्डारण र निर्मलीकरण गर्न छुट्ट्रै स्थानको व्यवस्था गरेको जानकारी दिनुभयो । सो अस्पतालको डेन्टल सेवाबाट दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेको छ । उत्पादित सुईहरू ग्यालिनमा हालेर राखिएको छ ।

वसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरण गर्नका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । नर्सिङ ट्रलीमा ८ वटा बकेट हुनुपर्नेमा २ वटामात्र देखिए । प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभई प्रयोगशालाका सामानलाई शुद्धीकरण गर्न प्रयोग भएको छ । वर्गीकरण भएको फोहोर राख्न छुट्टाछुट्टै कोठा बनाइएको छ ।

टोलीले अटोक्लेभ सञ्चालन नभएको जानकारी गराउँदै सो अस्पतालको फोहोर संकलन बन्द गरेको थियो । वातावरण व्यवस्थापन विभागले अनुगमनको नेतृत्व र संयोजन गरिरहेको हो । टोलीमा स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रहरी सहभागी थिए । यसअघि अनुगमन गरेपछि फोहोर संकलमा रोक लगाएको अस्पतालमा फेरि अनुमगन गर्ने तयारी गरेको छ । विभाग प्रमुख रविनमान श्रेष्ठले अब केही दिनपछि अनुगमन सकिने जानकारी दिनुभयो । अनुगमन सकिएलगत्तै कारबाही प्रकि्रया अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । फेरि अनुगमन गर्ने र पहिलाकै प्रकि्रया दोहो¥याए ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना लिने र पटकपटक गल्ती दोहो¥याए अनुमतिपत्र रद्धसम्मको निर्णय हुनेछ ।

कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन–२०७७ को दफा ५२ कसुरसम्बन्धी व्यवस्थामा ५० हजारदेखि २ लाख रुपियाँसम्म जरिवाना र अनुमति गर्न सक्ने व्यवस्था छ । पटकपटक गल्ती दोहो¥याए सोहीअनुसार कारबाही हुने विभागीय प्रमुख श्रेष्ठले बताउनुभयो । विभागले पोलिकि्लनिक र अस्पतालको अनुमगनलाई तीव्रता दिएको छ ।

अनुगमन भएका सबै अस्पताललाई स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यकि्तको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन सुझाव दिएका थिए ।
कामपाले पहिलो दिन अर्थात् फागुन १ गते कानि्त बाल अस्पतालबाट अनुगमन थालेको थियो । सो अस्पतालले फोहोरको वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर संकलन र ढुवानी बन्द गरेको हो ।