नेदरल्याण्डसविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्दै



काठमाडौं ।

जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेको छ ।

नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ ।

फाइनलमा पुग्न दुवै देशले यो खेल जित्न आवश्यक रहेको छ । नेपालले आज एक परिवर्तन गरको छ । आज अनिल शाहको ठाउमा कुशल भुर्तेललाई टिम समावेश गरिएको छ ।

नेपालको प्लेइङ-११: रोहित पौडेल ९कप्तान० आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, आरिफ सेख र अविनाश बोहोरा ।

प्रतिक्रिया दिनुहोस्