गीतमा डिजेल गाडी



काठमाडौं ।

गायक गायिका विज्ञान न्यौपाने र समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ।

नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियोको रहेको छ।

हालै नेपमेलो युटुयुब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई प्रस्तुत गरिएको छ।

सान थापाद्वारा निर्देशित गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्