नर्सले पनि क्यान्सर विषयमा शिक्षा पाउनुपर्छ

4.04k
Shares

नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गर्नुभएकी क्यान्सर विजेता तथा नेपाल नर्सिङ संघ केन्द्रीय समिति र नेपाल नर्सिङ काउनि्सलकी पूर्व–अध्यक्ष, ति्रवि आईओएम नर्सिङ क्याम्पस महाराजगन्जकी पूर्व–क्याम्पस प्रमुख प्रा. तारा (भुसाल) पोख्रेलसँग क्यान्सर र क्यान्सरमाथि विजय पाउँदाका अनुभवका सम्बन्धमा साधना प्रतिनिधि भगवती तिमल्सिना ले गरेको कुराकानीको सार:

तपाईं आफैं क्यान्सर विजेता हुनुहुन्छ, क्यान्सर के हो र कसरी उत्पन्न हुन्छ ?

क्यान्सर भनेको शरीरका कुनै कोषको अस्वाभाविक वृदि्धका कारण उत्पन्न हुने नसर्ने प्रकारको रोग हो । क्यान्सर हुने प्रमुख कारक तत्वहरुमा मद्यपान, धूमपान, कुनै हर्मोनको गडबडी, उमेर बढ्दै जानु, कुनै विकिरणको प्रभाव पर्नु, सूर्यको किरण प्रत्यक्ष पर्नुलगायतका विभिन्न हुन सक्छन् ।

क्यान्सर लागेको कसरी थाहा पाउने र जोगिन के गर्नुपर्छ ?

फोक्सोको क्यान्सर लाग्यो भने लामो समय खोकी लाग्ने, खकारमा रगत आउने हुन सक्छ । धेरै महिलामा पाठेघरको मुखको क्यान्सर, पाठेघरको क्यान्सर, स्तन क्यान्सर हुने गर्छ । पाठेघरको मुखको क्यान्सर हुँदा महिनावारी बन्द भएका महिलामा पुनः रगत देखिन सक्छ । त्यस्तो बेलामा कतिपय महिलाहरु महिनावारी बन्द भएको यति वर्षमा फेरि रगत बग्यो, दुख्यो, घाउ भयो, गनाउने पानी आयो भनेर जँचाउन आउँछन् ।

 

शरीरमा देखिने कोठी पनि कहिलेकाहीँ क्यान्सरमा परिणत हुन सक्छ ।

त्यसै गरी स्तन क्यान्सरमा स्तनको आकार परिवर्तन हुने, मासुको डल्लो पलाउने, स्तनको मुन्टोमा फरक आउने, रगत, पानीजस्तो तरल पदार्थ आउने, काखीमा गिर्खो आउनेजस्ता विभिन्न लक्षण हुन सक्छन् । क्यान्सर मानव शरीरको जुनसुकै ठाउँमा हुन सक्छ । शरीरमा देखिने कोठी पनि कहिलेकाहीँ क्यान्सरमा परिणत हुन सक्छ ।

मुखको क्यान्सर कस्ता व्यक्तिमा बढी हुन्छ ?
बढी मात्रामा पानपराग, सुर्तीजन्य पदार्थ, गुट्खा खाने, हुक्का तान्नेको संख्यासँगै रक्सीलगायतका नसालु पदार्थ प्रयोग गर्नेमा हुन्छ । यस्ता प्रयोगकर्ताको संख्या युवाहरुमा वृदि्ध भएको छ । यसले गर्दा मुखको क्यान्सर बढिराखेको छ ।

क्यान्सर विशेष गरी शरीरको कहाँ–कहाँ हुन्छ ?

क्यान्सर शरीरको जुुनसुकै भागमा पनि हुन सक्छ । मुख, पाचन प्रणाली, आन्द्रा, फोक्सो, स्तन, पाठेघर, रगतमा पनि हुन सक्छ । आन्द्राको क्यान्सर भयो भने पेट दुख्ने, खाना नपच्ने, कहिले दिसा कबि्जयत हुने, कहिले पखाला लाग्ने हुन सक्छ । त्यस्तो कुनै चिज पहिलाभन्दा फरक भयो भने स्वास्थ्य परीक्षण गराउनुपर्छ । पहिलो स्टेजमै छ भने छिट्टै उपचार हुन्छ र छिटो निको पनि हुन्छ । मेरो स्तन क्यान्सर सेकेन्ड स्टेजको थियो । मलाई भएको आठ वर्ष भयो, पूर्णरुपमा निको भएर सामान्य अवस्थामा सकि्रय जीवन बिताइरहेको छु ।

तपाईंको परिवारमा पनि कसैलाई क्यान्सरको समस्या थियो ?

मेरी आमालाई २०४५ सालमा ६५ वर्षको उमेरमा क्यान्सर भएको थियो । महिनावारी रोकिएको धेरै वर्षपछि फेरि महिनावारी भयो भन्नुभयो । मैले त्यति बेला त महिनावारी हुने बेला होइन भनेर ति्रभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा बोलाएँ । ल्याब परीक्षणले आमाको पाठेघरको मुखको क्यान्सर देखियो । त्यति बेला नेपालमा कुनै पनि क्यान्सर अस्पताल बनेकै थिएनन् । आमालाई चौथो चरणको क्यान्सर देखियो । हामीलाई के गराैं–गरौं भयो । हामी अत्यन्तै अतालियौं ।

दशैं आउन लागेको थियो । मेरो साढे ५ वर्ष, ४ वर्ष र २ वर्षका बच्चाहरु थिए । ती बच्चाहरुलाई मेरो ८० वर्षको बुबाको साथमा बुटवलमा छोडेँ । त्यसपछि दाइ र म भएर उपचारका लागि भारतको कलकत्तासि्थत ठाकुरपुरको क्यान्सर अस्पतालमा आमालाई लिएर गयौं । श्रीमान्को काठमाडौंमा जागिर भएकाले उहाँ समय–समयमा गएर बुबा र बच्चाहरुको रेखदेख गर्नुहुन्थ्यो । उता आमाको परीक्षण गर्दा चौथो चरणमा क्यान्सर प्रमाणित भयो । रेडियो थेरापी गर्नुपर्छ भन्यो । ३ महिना कलकत्तामा राखेर रेडियो थेरापी गरायौं । केही नेपाली भेटिए । आमालाई क्यान्सर भएको थाहा पाएर उहाँहरु रुनुभयो । त्यो देखेर आमा आति्तनुभयो । भेट्न आएका मान्छे गइसकेपछि आमालाई सम्झाएँ । उहाँहरुले नबुझेर रुनुभएको हो, उपचार गरे निको हुन्छ भनेँ । आमाले मलाई अत्यन्तै विश्वास गर्नुहुन्थ्यो ।

म स्याङ्जा जिल्लाको ग्रामीण भेगमा सामान्य परिवारमा जन्मेर स्कूल पढ्ने पहिलो महिला थिएँ । त्यसैले पनि मेरो आमालाई मेरी छोरीले सबै कुरा जानेको छ, उसले भनेपछि हुन्छ भन्ने विश्वास थियो । उहाँको मनोबल उच्च बनाउँदै सन्चो हुने भएर नै यहाँ ल्याएको भनी सम्झाएँ । तीन महिना भारतमा उपचार गरेर नेपाल ल्याएपछि पुनः उपचारका लागि भारत लान सकेनौं । त्यसपछि आमा २७ वर्ष बाँचेर ९२ वर्षको उमेरमा स्वर्गे हुनुभयो । आमालाई देखेर चिकित्सकलगायत सबै छक्क पर्नुहुन्थ्यो । उहाँहरुले यो त मिराकल नै हो भन्नुहुन्थ्यो । चौथो चरणको क्यान्सर भएर पनि आमा २७ वर्ष थप बाँच्नुभयो ।

क्यान्सर जित्न उपचारसँगै आत्मबलको खाँचो हुन्छ । मेरी आमालाई पूर्णरुपमा मेरी छोरीले भनेको कुरा सही छ भन्ने विश्वास थियो । अर्को रेडियो थेरापी गरेर आउनुभयो, त्यसपछि हामीले अरु केही पनि उपचार गर्न सकेनौँ । उहाँले गाउँमा अर्गानिक खानेकुरा खानुभयो र तुलसीको चिया, पात पनि मुखमा राखेर खाने गर्नुहुन्थ्यो । तुलसीको पातको मलाई अत्यन्तै विश्वास लाग्छ ।

तपाईंको क्यान्सर पहिचान भएपछि कत्तिको आत्तिनुभयो ?

मेरी आमालाई निको भएको देखेको कारण ममा उपचारपछि निको हुन्छ भन्ने आत्मविश्वास थियो । मेरो साथमा परिवारका साथ मेरा विद्यार्थीहरुले पनि उति्तकै ढाडस दिएका थिए । यतिसम्म कि अमेरिका पुगेका मेरा विद्यार्थीले त मेरो उपचारका लागि अमेरिका नै बोलाएका थिए । मैले उनीहरुलाई म नेपालमै उपचार गर्छु धन्यवाद भने । मलाई क्यान्सर पहिचान भएको एक सातामै नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिदि्धमा डा. सुदीप श्रेष्ठले क्यान्सर पहिचान गरी तत्काल सर्जरीको लागि डा. कपेन्द्रको टिमलाई रिफर गर्नुभयो । सर्जरीपछि मलाई रेडिएसन गर्नुपरेन, किमोथेरापी गरेँ ।

किमोथेरापी गर्दा कपाल झर्छ र दिक्क लाग्छ भन्छन्,तपाईंको अनुभव के छ ?
पहिलो किमोथेरापी गरेको भोलिपल्टै मेरो पूरै कपाल नक्कली राखेजसरी जरैसम्म निसि्कयो । क्यान्सर हुँदा सबैभन्दा नरमाइलो त्यहीँनेर लाग्यो । त्यसपछि कपालमा रुमाल बाँधेर, खास्टो ओढेर बस्थे । रोगसँग लड्ने क्षमता कम हुने हुनाले भेटघाटमा आउने मान्छेबाट टाढै छुट्टै कोठामा बस्थेँ । कोठाभित्रैबाट बोल्थेँ, श्रीमान् र घरपरिवारको धेरै साथ र सहयोग पाएँ ।

किमो लगाएको बेलामा पनि विद्यार्थीहरुको स्नाकोत्तर तहको परीक्षा आउनै लागेकोले केही बुझेका छैनन् कि भनेर कलेज गई सोध्थेँ । उपचारकै क्रममा पनि म रोगी हो भनेर कुनै पनि काममा पछि हटिन । घरको खाना बनाउने, कलेज जाने दैनिकी रोकिएन । किमो सकिएपछि प्रत्येक वर्ष नियमित परीक्षण गराउँदा मेरो रिपोर्ट नर्मल आइरहेको छ ।

क्यान्सर भएका बिरामीको खानपान कस्तो हुनुपर्छ ?

खानपानमा एकदम ध्यान दिनुपर्छ । क्यान्सर भएपछि मैले ५० ग्रामको जिब्रोको क्षणिक स्वादका लागि सोखिन खानाले ६० किलोको शरीरलाई दुःख नदिऊँ भनेर लेख पनि निकालेको छु । खाना नर्मल खाने, तेलमा नतार्ने, तरकारी धेरै खाने, उसिनेका चिजमा बढी जोड दिने । नर्मल दाल, भात, तरकारी, रोटी, कोदो, फापरको खोलेलगायत नर्मल खाना खानुपर्छ । शरीरको लागि नभई नहुने, कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्सहरु चाहिन्छ । त्यसका लागि बिहान मनतातो पानी, रुचिअनुसार फलफूल, फापर, कोदोको रोटी, खानामा दालभात, तरकारी, दिउँसो फलफूल, चिउरा, रोटी, मकै खाने, बेलुका हलुका रोटी, तरकारी, फलफूल खाने । सकेसम्म जंकफुड नखाने अर्गानिकमा जोड दिने । धेरै पोलेका खानेकुरा नखाने ।

क्यान्सरको बिरामीलाई कस्ता शब्दले सम्बोधन गर्दा बढी पीडा हुन्छ ?

क्यान्सरका बिरामीलाई कठै–बिचरा भन्ने, अगाडि आएर रोइदिने गर्नुहुन्न । यसो गर्दा बिरामीलाई साँच्चै मेरो रोग निको नहुने रहेछ, अब म मर्दै छु कि क्याहो ? मेरो त अन्तिम अवस्था आयो कि भन्ने लाग्छ र मनोबल खस्कन्छ । बिरामीको अगाडि पुग्दा उपचार गरेपछि निको हुन्छ भनेर सकारात्मक कुराहरु मात्र गर्नुपर्छ । बिरामी भेट्न जाँदा प्रयोग गरिने शब्दावलीमा होसियार हुनुपर्छ ।

क्यान्सरका बिरामीले ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

तौल बढ्न नदिने, सादा खाना खाने, योग गर्ने, सकारात्मक सोच्ने, दैनिक कामलाई निरन्तरता दिने, आफूलाई सधैँ व्यस्त राख्ने, म सामान्य छु भन्ने सोच्ने । तनावपूर्ण सोचले मानिसलाई मृत्युको मुखमा समेत धकेल्छ ।

यस सन्दर्भमा मिल्ने गाउँघरमा एउटा घटनाको चर्चा गर्ने गरिन्छ: एकजना व्यकि्तले दुई वर्षअघि खरको छाना छाउँदा हातमा चोट लागेको र पुनः सोही छाना चुहिएर टाल्न जाँदा ‘ओहो यही ठाउँमा घर छाउँदा मेरो हातमा चोट लागेको थियो’ भनेर समि्झयो । साथै त्यो ठाउँमा चोयाले बाँधिएको अवस्थामा सर्पको अवशेष देखेर ‘ओहो मलाई त त्यति बेला सर्पले पो टोकेको रहेछ’ भनेर सोच्यो । ऊ अतालिएर भुइँमा खस्यो अनि मृत्यु भयो । जति बेला उसलाई सर्पले टोक्यो उसको मृत्यु भएन, असर केही गरेन । तर दुई वर्षपछि सर्पले टोकेको त्रासका कारण आति्तएर लड्दा उसको मृत्यु भयो । त्यसैले बिरामीलाई नकारात्मक हैन, सकारात्मक कुरा गरेर घाउमा मलमपट्टी लगाउनुपर्छ । राम्रो कुरा सुनाउने र आत्मबल बढाउने गर्दा सबै रोग उस्तै हो ।

नेपालमा क्यान्सरका बिरामीका लागि उपचार सहज बनाउन के गर्नुपर्छ होला ?

सबभन्दा पहिला सरकार चनाखो भई संविधानमा व्यवस्था भए अनुरुप हरेक नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्छ । क्यान्सरका बिरामीलाई उपचारका नाममा १ लाख दिने, मासिक ५ हजार भत्ता दिने गरेको सुनिन्छ । १ लाख रुपियाँले केही पनि हुन्न । सातै प्रदेशमा क्यान्सर अस्पताल हुनुपर्छ । मानव अंग प्रत्यारोपण केन्द्र पनि सातै प्रदेशमा हुनुपर्छ ।

सर्वसाधारणलाई सहज उपचार गर्ने स्थान, निःशुल्क उपचार र सचेतनामूलक कार्यक्रम अति आवश्यक छ । सबैभन्दा पहिला क्यान्सर नै लाग्न नदिने र लागिहाले सर्वसुलभरुपमा उपचार गर्ने स्थान हुनुपर्छ । समयमै खानपानमा होसियारी अपनाउने, वातावरण सरसफाइमा ध्यान दिने, आफूखुशी कुनै पनि औषधि खानुहुँदैन । किनभने कहिलेकाहीँ औषधिले पनि हानि गर्न सक्छ । शरीरमा असामान्य चिज देखिए परीक्षण गराउनुपर्छ । यसो गरेमा पूर्णरुपमा निको हुन्छ ।

यसका लागि स्थानीय सरकारले गाउँ–गाउँमा चुनावको बेलामा भेला गराएझैँ स्वास्थ्यको जनचेतनाका लागि पनि भेला गराउनुपर्छ । विद्यालयको माथिल्लो कक्षाको पाठ्यक्रममै क्यान्सरलगायतका रोगका बारेमा जनचेतना जगाउने विषय समावेश हुनुपर्छ । सरुवा रोग र नसर्ने रोगका बारेमा जनचेतनामूलक पाठ्यक्रम हुनुपर्छ । रोगको लक्षण देखिनेबिति्तकै परीक्षण गराउने स्वास्थ्य संस्था, जनशकि्त, उपकरण हुनुपर्छ ।

वर्षमा २० हजार नयाँ क्यान्सरका बिरामी देखिनुका साथै १३ हजारको हाराहारीमा उपचार नपाएर वा सम्भव नभएर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइसकेको अवस्था छ । कतिपयले रोग लागेको थाहै नपाएर बसिरहेको अवस्था छ । राज्यले कहिलेसम्म थेग्न सक्छ । त्यसैले जनचेतनामूलक स्वास्थ्य शिक्षामा जोड दिनुपर्छ । क्यान्सर उपचारका क्षेत्रमा टिम नै हुनुपर्छ । डाक्टर मात्र हैन, नर्सले पनि क्यान्सरका विषयमा शिक्षा पाउनुपर्छ । सबैभन्दा बढी बिरामीसँग २४ घण्टै बसेर काम गर्ने नर्सले पनि विषय विज्ञका आधारमा पढ्न पाउनुपर्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दिनभरिमा ६ जना बिरामीलाई एकजना नर्सले हेर्नुपर्ने हुन्छ । तर नेपालमा एउटै नर्सले ३० जनाभन्दा बढीलाई हेर्नुपर्ने बाध्यता छ । मापदण्ड अनुसारको स्वास्थ्य संस्था, जनशकि्त, उपकरण, जनचेतना, औषधि सहजै खरिद गर्न पाउने हुनुपर्छ ।

नेपालमा क्यान्सरको औषधि सहजै किन्न पाइन्न भनिन्छ, वास्तविकता के छ ?
सरकारले औषधि र खाद्यान्नमा राजस्व लिनुहुन्न । सरकारले औषधिमा महँगो कर लगाउने र नयाँ–नयाँ औषधि दर्तामा झन्झटिलो प्रकि्रया बनाएका कारण नेपालमा क्यान्सरको नयाँ औषधि खरिद गर्न कठिन हुन्छ । कर लगाउनु छ भने फेन्सी चिजमा लगाओस् । त्यस्ता वस्तु नभएर मानिस मर्दैन, सक्नेले किन्छ नसक्नेले किन्दैनन् । यसरी राज्यले औषधिमा कर लगाउने हो भने सर्वसाधारणको औषधि शुल्क राज्यले नै तिरिदिनुपर्छ वा सहुलियत दरमा उपलब्ध गराउनुपर्छ ।

नेपालमा सबैभन्दा बढी कुन क्यान्सर छ ? नियन्त्रणका लागि के गर्नुपर्छ ।

फोक्सोको क्यान्सर एक नम्बरमा छ । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर, आन्द्राको क्यान्सर, रक्त क्यान्सरहरू रहेका छन् । पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एकजनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । एक तिहाइ कारक तत्वहरूमध्ये सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निषि्क्रयता रहेको छ ।

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । नेपालमा क्यान्सरसँग सम्बनि्धत मृत्युदर ४० प्रतिशतले बढी रहेको छ । पछिल्लो समय युवा पुस्ता बढी कुलतमा फसेका छन् । क्यान्सरलगायतका विभिन्न रोग निवारणका लागि युवा पुस्तामा नै जनचेतनाको खाँचो छ । सुर्तीजन्य पदार्थको उत्पादन, विक्री वितरण र आयातमा नै नियन्त्रण गर्ने र रोग लागेकालाई उपचार गर्ने, अरुलाई लाग्नै नदिन राज्य गम्भीर हुनुपर्छ ।