बाजुरामा सहुलियत चामलको अभाव

स्वीकृत ठेक्का अनुसार चामल ढुवानी गरे समस्या हुँदैन

154
Shares

बाजुरा।

बडिमालिका नगरपालिकला वडा नं आठ निवासी ईन्जिनियर दिपकबहादुर भारतीको चुलोमा जहिले खाद्य ब्यपार तथा कम्पनी लि.बाट खरिद गरिएको चामलको भात पाक्छ । यो जिल्लामा विगतको जस्तो खाद्यन्न समस्याले हैन , बजारको भन्दा गुणस्तरी चामल खाद्य कम्पनी लि.ले विक्री गर्छ र सहुलियत अनि स्वाद पनि बेग्लै छ । त्यसैले उनी आफ्नो परिवारले तीस वर्ष देखि सोही चामल उपभोग गरेको सुनाउँछिन् । स्वाद फेर्न मसिनो चामल किनौं भन्दा “आमा”ले मान्दै मान्नुहुन्न । भारतीको यो भनाईले के प्रष्ट हुन्छ भने हिजो सडकसञ्जाल नभएको वेला खाद्यन्नको चामल उपभोग गरिरहेका बजारवासी उनी जस्तै सयौं परिवार छन् ।

आईतवार दिउँसो बाजुराको सदरमुकाम मार्तडी स्थित खाद्यब्यवस्था तथा ब्यापार कम्पनी लि.ले बिक्री गरेको चामल लिनेको भीड देखिन्थ्यो । उक्त चामल लिनेको भीड वास्तविक खाद्यन्न अभाव झेलेका जनता भन्दापनि सहुलियत दरको चामल लिनेको भिड हो । खाद्य कम्पनी लि.ले गुणस्तरीय एबं सहुलियत दरको चामल बिक्री गरेपछि सस्तो दरको चाम उपभोग गर्नेको भीड भएको बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्काको भानाई थियो । उनले भने खाद्य ब्यपार कम्पनीमा मसिनो चामल थियो, त्यो चामल किन्न क्रयसक्ती जनतामा नभएकोले सस्तोको लागि भीड बढेको हो,उनले दोहा¥ेयाएर भने जसरी कर्णालीमा पोषणयुक्त खाद्य दिईदैछ बाजुरामा पनि पोषणयुक्त खाद्यन्न चाहियो नगर प्रमुखको भनाई छ ।

बजारको भन्दा सस्तो र गुणस्तरीय पनि छ, सदरमुकामका वासिन्दाले सहुलियत दरको चामल उपभोग गर्न चाहन्छन् । जग्गा बेचविखन भयो, युवाजती विदेश पलायन छन् खेतवारी बाँझो हुंदैछ , यहां मान्छेको क्रयशक्ती कम छ बजारमा ६४ रुपैंया प्रति केजी चामल किनेर खानुभन्दा प्रति केजी ५४ रुपैंयामा किन्न चाहन्छन् । यद्येपी एकाएक खाद्यन्नको अरुवा मोटो चामलको मूल्य वृद्धी भएर ५९ पुगेछ बजारको भन्दा सस्तो छ त्यसैले खाद्यन्नमा भीड लागेको हो बडिमालिका नगरपालिकाका पूर्व मेयर एबं नेपाली कांग्रेसका जिल्ला कार्यसमिति बाजुराका उपसभापति पदम बडुवालको भनाई छ ।

के बाजुरामा खाद्यन्न संकटनै होत भन्ने सन्दर्भमा सोमवार दिउँसो जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा सोमबार दिउसो सर्वदलीय बैठक बस्यो । बैठकमा प्रजिअ पौडेलले भने बाजुरा मगन्ते जिल्ला हैन, यहाँ तमाम उत्पादन अनि सम्भावना पनि छ । उत्पादनसंग जोडेर खाद्यसंकटका कुरा गरौं यहां केही उत्पादन नै नहुने हैन । तमाम सम्भावना देखेको छु ।यद्येपी मानिसको जीवनशैली परिवर्तनसंगै आहारविहारमा परवर्तन आएको छ । स्थानीय उत्पादन उपभोग भन्दा आयातित खाद्यन्न खान चाहान्छन् । खाद्यन्न समस्या सदरमुकाम हैन विकट गाउँमा छ । जहाँ ब्यपारीले पनि खाद्यन्न पुु¥याउन सकेका छैनन् । अहिले प्राय गाउँ गाउँमा सडक सञ्जाल छ , खाद्यब्यपार कम्पनी लिले त्यहाँ सहुलियत दरको खाद्यन्न पुु¥याउन आवस्यक छ उनको धारणा थियो ।

बाजुरा सर्वाधिक खाद्यन्न संकट भनेर मात्र चिनाईन्छ यो भाते जीव्रो हो । हो, सहुलियतदरको चामल कि त बाजुराका दुरदराजमा पगाईयोस सदरमुकाम मार्तडी र विमानस्थल कोल्टीको फोटो लिएर बाजुरामा खाद्यन्न अभाव नभनियोस नेकापा एमाले बाजुराका अध्यक्ष भरत थापाको भनाई छ । खाद्यव्यस्थापन कम्पनीको लेन्दी ढुवानी प्रक्रियाले जिल्लामा समस्या आएको हो , यहां भोकमरी हैन सहुलियतको समस्या हो अध्यक्ष थापको भनाई छ , बाजुराले यो वर्षमात्र तिस करोड रुपैंयाको कोदो नि¥यात गरेको छ । त्यस्तै लाखैं रुपैंयाका स्याउ, सुन्तला कागती , आलु प्याज बन्दा गोभी निर्यात गरेका छौं । हामी माग्ने हैन, दिने जिल्लाका वासिन्दा हौं खाद्यन्न व्यवस्थापन गर्न नसकेका मात्र हो नेकपा समाजवादीका अध्यक्ष पुरवहादुर रावतको भनाई छ ।

बाजुरा जिल्लाका लागि सात हजार क्वीन्टल चामलको कोटा स्वीकृत भएको छ । थोर थोरुै गरी ढुवानी हुंदा सदरमुकाम मार्तडी र कोल्टीमा यो समस्या देखिएको हो चामल ढुवानी नियमित भए समस्या आउँदैन अहिले पनि हामीसंग १सय सत्तरी क्वीन्टर चामल मौज्दात छ खाद्य व्यस्था तथा ब्यपार कम्पनी लि. बाजुराका प्रमुख उमेश भण्डारीको भनाई छ ।

जिल्ला प्रशासन कार्यलय बाजुरामा सोमावार दिउसो वसेको बैठकले खाद्यव्यपार कम्पनी लि.ले छिटो छरितो चामल ढुवानी गर्ने सुविधाभोगीलाई सहुलियत खाद्यन्न नलिन अनुरोध गर्ने, वास्तबमा सदरमुकाम र कोल्टीमा कति खाद्यन्न आवस्यक छ डाटा संकलन गरी नागरिकताका आधारमा सहुलियत चामल विक्री गर्नु निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराए ।

बाजुरा जिल्लाभर भन्दा पनि सदरमुकामका जनातको समस्या हो, सदरमुकाममा खाद्यद्यनन्न्को चामल मदिरा उत्पादनमा प्रयोग भएकोले चामल विक्रीमा नियमन गर्न जरुरी छ जानकारहरु बताउँछन् । सदरमुकाममा बिद्यार्थी संख्या धेरै छ। उत्पादनमुखी जमिनमा घर बनेका छन्। कर्मचारी ब्यपारीको चाप बढी छ । त्यसैले यो समस्याले बाजुराका किसानलार्ई कम प्रतिनिधित्व गर्छ ।सदरमुकम मार्तडी र विमानस्थल कोल्टीलाई केन्द्रीत गरी बाजुरामा खाद्यन्न समस्याकै समाचार आउँनुु दुर्भाग्य हो । साविकको विच्छ्याँ ,दहकोट साप्पाटा जुकोट , कांडा जयवागेश्वरी डोगडीका जनाता कहिले मार्तडीमा चामल लिनआए । जहांबाट मार्तडी र कोल्टी पुुग्न चार हजार रुप्ैंइा खर्च हुन्छ । त्यसैले बरु त्यहाँका जनताको लागि मोटरवाटो पुगिसकेको छ त्यही सहुलियत दरको चामल पुु¥याउनु पर्छ । हावापानी सुहाउँदो बाली फलाउनुपर्छ खाद्यसंकटलाई जिल्लाको उत्पादनसंग जोडेर समाधान गर्न आवस्यक छ कृषीका जानकारहरु बताउँछन् ।