सुरक्षित यात्राका लागि सवारी अनुगमन



उदयपुर ।

 यात्रु, सवारी चालक तथा सवारीको सुरक्षाका लागि यातायात व्यवस्था सेवा कार्यालय गाईघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालय र पत्रकारसमेतको संलग्नतामा आइतबार सडकमा गुड्ने विभिन्न प्रकारका सवारीमा अनुगमन गरिएको छ ।

उदयपुरको गाईघाट स्थित यातायात व्यवस्था सेवा कार्यालयको अगुवाइमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु समेतको संलग्नतामा मदन भण्डारी लोकमार्गबाट सञ्चालन हुने  सवारी साधनहरुको अनुगमन गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख श्याम बहादुर लिम्बुले सवारी अनुगमनले यात्रुको सुरक्षा, भाडा दर अनुसार लिए नलिएको, सवारी साधनको अवस्था दुरुस्त भए नभएको र सवारी धनी वा सवारी चालकले आवश्यक कागजात साथमा राखे नराखेको, बसका ेसीटको अवस्था लगायतको जाँच गरेको बताए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय  प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेलेले सवारी चलाउँदा सवारी चालकले मादक पदार्थ खाए नखाएको , लागु औषध खाए नखाएको, सवारी साधनको बिलबुक, सवारी चालकको लाइसेन्स लगायतका आवश्यक कागजात चेक जाँच गरेको बताए ।
ट्राफिक इन्चार्ज पोखरेलले यात्रा सुरक्षित गराउन, दुर्घटना हुन नदिन र सवारी धनी वा चालकलाई सुरक्षित यात्रामा सहयोग गर्न सवारी अनुगमन नियमित रुपले गर्ने गरेको बताए ।

यातायात प्रमुख लिम्बुका अनुसार सवारी साधनको अवस्था कस्तो छ पार्टपुर्जा इन्जिन, टायर लगायतका कुराहरु ठिक दुरुस्त छ छैन त्यसको जाँचकालागि यातायात व्यवस्था सेवा कार्यालयका प्राविधिक मेकानिकल इन्जिनियर समेत भएर जाँच गरिएको र जाँचका क्रममा २ थान ट्रकका चालकले कागजात विना नै सवारी चलाएको, दुई जना सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइएको छ ।

मदन भण्डारी लोकमार्गको बाटो हुँदै पूर्वबाट पश्चिमतिर जाने र पश्चिमतिरबाट पूर्वतिर जाने तथा गाईघाट क्षेत्रमा सञ्चालन हुने करिब ७० वटा सवारी साधनमा अनुगमन गरिएकोमा सबैभन्दा बढी अटो, ट्रक, साना सवारीका चालकहरुले विना कागजात सवारी चलाएको पाइएको र गुनासो पनि आएकोले सवारी अनुगमन गर्ने कामलाई निरन्तरता दिने यातायात कार्यालयका कार्यालय प्रमुख लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्