प्रधान सेनापतिद्वारा अभ्यास शान्ति प्रयासको अवलोकन

364
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले शनिबार श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा संचालन भईरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन्।

प्रधान सेनापतिलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले अभ्यासको बारेमा जानकारी गराएका थिए। । सो अवसरमा प्रधान सेनापतिले
स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेब्लर एन्ड क्यापाबिलिटी इनहान्समेन्टसँग सम्बन्धित कक्षा तथा अभ्यासहरूको अवलोकन गर्नुका साथै सहभागीहरुसँग अन्तरक्रिया समेत गरेका थिए।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा यही फाल्गुण ८ गतेबाट शुरू भएको नेपालसहित १९ राष्ट्रका सैनिकहरु सम्मिलित उक्त अभ्यास २१ गतेसम्म संचालन हुनेछ ।

अवलोकन भ्रमणमा रथीबृन्द, अधिकृत एवं जीपीओआईका प्रतिनिधिहरू सहभागी थिए।