कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

2.44k
Shares

काठमाडौं ।

कतार पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बरियारपट्टी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बस्ने ३२ वर्षीय मोहम्मद गुलाबलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोहम्मदले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित होटलमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।