यस्तो छ महामन्त्री थापाले महासमितिमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

182
Shares

काडमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताए ।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्‍यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनले भनेका छन्, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौं।’