कावासोतीमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु 

छैटौं राईनाे संरक्षण गाेल्डकप  जारी 

1.4k
Shares

नवलपरासी।

नवलपरासी पूर्वको नवलपुरमा भलिबल र फुटबलका राष्ट्रिय खेल जारी रहेका छन् ।

शनिबार राजधानीकाे संकटा र जिल्ला स्थित २८ बिगाहा बीचकाे फुटबल खेलमा संकटा विरुद्ध २ गाेल गर्दै अठाईस बिगाहा सेमिफाइनल पुगेको छ ।
खेलकाे १० र १७ ओैं मिनेटमा अठाईस बिगाहाले संकटा माथि २ गाेल बर्षाएकाे थियो ।

खेलमा गाेल फर्काउन नसकी दवावमा रहेकाे संकटाले पहिलाेे हाफकाे ४५ ओैं मिनेटमा १ गाेल फर्काएको थियो ।
सेना,सशस्त्र र पुलिसकाे विभागीय टिम,संकटा मच्छिन्द्र जस्ता ए डिभिजन, बाग्मती,लुम्बिनी,गण्डकी प्रदेश स्तरीय टिम तथा बीरगंज युनाइटेड, बिएफसी चितवन लगायतका टिम खेलमा सहभागी रहेका छन् ।

स्थानीय मध्यविन्दु रंगशाला काेल्हुवामा माघ २७ बाट सुरु भएको छैटौं राईनाे संरक्षण गाेल्डकप फुटबल फागुन ९ गते सम्म चल्ने छ ।
विजेता समूहले ८ लाख रूपैयाँ धन राशि हात पार्ने प्रतियोगिताको सेमिफाइनलको सुरुवाती खेल आइतबार नेपाल पुलिस र गण्डकी प्रदेश बीच हुने भएको छ ।

भलिवलमा जिए कप २०८०

यस्तै पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा शनिबारबाट प्रथम जिएम कप राष्ट्रिय भिलवल प्रतियोगिता सुरु भएको छ ।
आयाेजक जिएम,नवलपरासी,गण्डकी प्रदेश र विभागीय टिमहरूकाे सहभागिता रहेकाे भलिबल प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र नवलपरासी बीच भएको थियो ।

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीद्वारा उद्घाटित साे खेलमा पुलिसले नवलपरासीलाई १५,१३ र १२ काे सोझो सेटमा पराजित गरेकाे थियो ।

यसैगरी  दाेश्राे खेलमा एपिएफले जिएम समाजलाई १९,१३ र २१ तथा तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नवलपरासी मणि मुकुन्दलाई १५,१६ र २२ काे सोझो सेटमै पछाडि पारेको छ ।

यस्तै जिएम समाज र गण्डकी प्रदेश बीचकाे खेलमा भने जिएम समाजले २ सेट र गण्डकी प्रदेशले १ जित निकाल्दा साँझ परेपछि बीचैमा रद्द हुन पुगेको छ ।
प्रथम जिएम कप आमन्त्रित भलिबल प्रतियोगिताको विजेता र उप विजेताले कम्रश: २ लाख र १ लाख हात पार्नेछन् ।