राजकुमार बगरको प्रेमील संगीत बजारमा (भिडियोसहित)



काठमाडौँ। 

अहिलेका चर्चित गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द संगीतमा ‘तिमी नभए…’ नामक अर्को नयाँ प्रस्तुति सार्वजनिक भएको छ । यस गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर दिएका छन् ।

 नेपाली संगीत बजारमा ढकालको उपस्थिति बलियो हुन सक्ने संगीतकर्मीहरुको अनुमान गरिरहेका छन्। तर, नतिजा हेर्न केही  समय दर्शक र श्रोताको माया कति पाउँछन्, यो गीतको अडियो भिडियो टिमले प्रतीक्षा गर्नु पर्नेछ । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको  रेकर्डिङ, मिक्सिङ र माष्टरिङ राजकुमार बगरले नै गरेका हुन् ।

विशेषगरी बियोगान्त गीतहरू रचना गर्न रूचाउने बगरले यसपाली संयोगान्त गीत प्रस्तुत गरेका छन् । प्रेम दिवसलाई लक्ष्यित गरी निर्माण गरिएको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र कविता न्यौपानेको अभिनय हेर्न सकिन्छ। एभरेष्ट ग्यालेरी नामक युट्यूब च्यानलले बजारमा ल्याएको उक्त गीतमा जनक सिंहको निर्देशन,दीपक गिरीको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्