नेपाललाई ओलीको कटाक्ष : नेतृत्व लिएर पार्टी फुटाउनेको गठबन्धनको धाक !

504
Shares

रौतहट । 

नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीले संवृद्ध नेपाल र सुखी नेपाली बनाउन ८४ मा एमालेको सरकार बन्नु  पर्ने बताएका छन् । बिहीबार  रौतहटको गरुडामा जारी नेकपा एमालेको  १० औ अधिवेशनको  उद्घाटन गर्दै  अध्यक्ष ओलीले  यस्तो बताएका हुन् ।

उनले  एमालेको सरकारको पालामा विकास र सामाजिक सुरक्षाका कामहरु गरेको बताए। विमानस्थल निर्माणदेखि राजमार्ग फराकिलो बनाउने र क्यान्सर पीडित र किडनीका बिरामीलाई राहतका कार्यहरु गरेको स्मरण गराउदै उनले  गठबन्धनको सरकार बिनाशको बाटोमा हिँडेको आरोप लगाए । माधव नेपालसँग बोलचाल बन्द लेखेको शिर्षक संचार माध्यममा आफूले पडेको बताउँदै उनीसंग नबोल्दा केही फरक नपर्ने र  रौतहटबासी लाईसमेत माधव नेपालसँग नबोल्न आग्रह गरे।

 रौतहटमा बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याउन उनले  सरकारसंग आग्रह गरे । नेपालमा सरकारी र नीजी क्षेत्र राम्रो सँग सञ्चालनमा आउन नसकेको उनले  बताए ।  पहिला एमालेमा रहेका यसै जिल्लाका अहिले काठमाण्डौमा बस्नेले गठबन्धन सरकारलाई घर हो यसलाई भत्काउन नदिने भनेका छन् । नेकपा एमालेको १५ वर्ष नेतृत्व लिएका  पूर्व प्रधानमन्त्री  समेत बनेकाले एमाले पार्टी फुटाएर दुई तिहाइको सरकार ढालेकाले गठबन्धन सरकार भत्कन नदिनु भनेको हास्यास्पद रहेको भन्दै  कटाक्ष गरेका छन् ।

 माधव नेपाल राजनीतिमा नलाग्दै ५१ वर्ष पहिले आफूले रौतहटको संगठन बिस्तार गरेको भन्दै उनले  ८४ सालमा रौतहटको प्रतिनिधि सभाको चार क्षेत्र र  प्रदेश सभाको ८ क्षेत्र सहित १८ वटै पालिकामा बिजय हासिल गर्ने दाबी गरे । एमालेको सरकारले भैरहवा र पोखरा विमानस्थल निर्माण गरेको बताउँदै उनले  अहिलेको सरकारले विमानस्थल सञ्चालन गर्न समेत नसकेको आरोप लगाए  । उनले नीजगढ विमानस्थल निर्माणमा ढिलासुस्ति गर्न नहुने बताए । रौतहटको नदी  नियन्त्रण, पानी टयाकी र गौर चन्द्रनिगाहपुर चार लेनको राजमार्गको शुरुवाती एमालेको सरकारले गरेको उनले दाबी गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १ सय १ किलो मालाले स्वागत गरिएको छ ।