गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने

1.41k
Shares

काठमाडौं ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको  गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको प्रथम चरणका लागी ७०  प्रतिशत बजेट सुनिश्चित गरेको हो।

‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रिकेट खेलको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

उनले बागमती प्रदेशका मुख्यमन्त्री एवं बागमती प्रदेश सरकारलाई विशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद व्यक्त गरेकी छिन।

यसअघि संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने निश्चित भएको थियो।