अवैध काठसहित दुईजना पक्राउ

322
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय बेल्टारको गस्तीमा रहेको प्रहरी टोलीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेर जिल्ला वन कार्यालय उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शुक्रबार चौदण्डीगढी नगरपालिका ७ स्थित कल्याण चौकबाट प्रदेश १ ०२ ००२ ख ०६२ नम्बरको ट्रकमा लोड गरेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा उतिस जातको करिब ५६० क्यु वि गोलिया काठ पक्राउ गरेको हो ।

प्रहरीले सो ट्रकका चालक मोरङको बेलबारी नगरपालिका ४ बस्ने वर्ष २७ को सोम बहादुर भुजेल र तेह्रथुम जिल्ला लाली गुराँस नगरपालिका ३ बस्ने वर्ष १९ को केदार बानियाँलाई पक्राउ गरी आवश्यक कानुनी कार्वाहीकालागि जिल्ला वन कार्यालय उदयपुरका बुझाइएको जनाएको छ ।