नेपालले क्यानडासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक



काठमाडौं ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। क्यानडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ।

टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात् माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात् माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ।

खेल बिहान ९: १५ बजेदेखि सुरु हुने छ। क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ।

जसमा रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन्।

प्रतिक्रिया दिनुहोस्