संगीतमा आधा दुःख घटाएर



काठमाडौं ।

गायक किरण भुजेलद्वारा स्वरबद्ध गीत आधा दुःख घटाएरको भिडियो सार्वजनिक भएको छ। गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा शब्द सीएल शर्माको रहेको छ।

सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो। यसअघि, फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन्। गीतको भिडियोमा सम्राट अधिकारी, लालना चिमरिया, सुरवीर पण्डित, सान्नानी आचार्य, आशा रोकालगायतले अभिनय गरेका छन्।

गीतको भिडियोमा अन्तरजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्वीकार गरेपछि भोग्नुपरेको असहज परिस्थितिको वर्णन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्