बारीगाँउका ७४ घरमा एक घर एक धारा जडान 



लमजुङ। 

पूर्वि लमजुङको दोर्दी गाउँपालिका वडा नं. ५ बारीगाँउका ७४ घरमा एक घर एक धारा जडान भएको छ । उक्त क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रस्टको सहयोगमा एक घर, एक धार खानेपानी आयोजना निर्माण भएको हो ।

आयोजना अन्तर्गत उक्त गाउँका ७१ घरधुरी र तिन वटा सार्वजनिक संस्था गरी ७४ घरमा एक घर एक धार जडान भएको हो । उक्त धारा जडानसँगै शुद्ध खाने पानीका लागि हाल गाउँमा रहेका ३ सय ४६ जनसंख्या लाभान्वित भएको गोर्खा वेल्यफेयर ट्रस्टका आयोजना प्रबन्धक बेलबहादुर गुरुङले बताए ।

उक्त खानेपानी आयोजना निमार्णका लागि गोर्खा वेल्फेयर ट्रस्टको कुल लागत ३४ लाख ९६ हजार एक सय ८६ रुपैयाँ ४४ पैसा रहेको छ । गाउँपालिकाको चार लाख ७७ हजार ७ सय ९४ रुपैयाँ लागनी छ भने उपभोक्ताको श्रमदान ४ लाख ४२ हजार ३ सय ५५ रुपैयाँ ०९ पैसा रहेको दोर्दी गाउँपालिका अध्यक्षको स्वकीय सचिव हरि घिमिरेले जानकारी दिए ।

निर्माण सम्पन्न खानेपानी आयोजनाको एक कार्यक्रमका बिच गोर्खा वेल्फेयर ट्रस्टका आयोजना प्रबन्धक बेल बहादुर गुरुङले गाउँपालिका अध्यक्ष युवराज अधिकारी र खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुदे गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

 पुराना सार्वजनिक धारामार्फत खानेपानीको उपभोग गर्दै आएका बारीगाँउका स्थानीयले अहिले एक घर एक धाराबाट आँगनमै नियमित खानेपानीको सुविधा पाएका छन् । आयोजना निमार्णका लागि गोर्खा वेल्यफेयर ट्रस्ट, स्थानीय तह र उपभोक्ता समितविच २०८० असोजमा सम्झौता भएको थियो ।

गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा दोर्दी गाउँपालिकाकै वडा नंं ४,६,७ र ८ पनि खानेपानी आयोजना निमार्ण सम्पन्न भइसकेको छ । नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लमजुङको दोर्दी सहित देशभर विभिन्न १४ पालिकामा गोर्खा वेल्फेयरले उपझोक्ताको साझेदारी एक घर एक धारा खानेपानी आयोजना निमार्ण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्