नोरालाई अश्लीलता फैलाएको आरोप

196
Shares

एजेन्सी ।

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीले आफ्नो नृत्यका कारण दर्शकको मन जित्दै आएकी छन्।

पछिल्लो समय नोराको नृत्य कौशलताको बारेमा नजान्ने कमै दर्शक होलान्। नोरा जहाँ जान्छिन, उनको नृत्य हेर्नका लागि दर्शकको ताँती लाग्ने गर्छ। हाल भने उनी नृत्यकै कारण आलोचित बन्नुपरेको छ।

हालै नोरा एक भारतीय टेलिभिजन रियालिटी शोमा सहभागी भइन्। जसमा उनले उत्तेजक हाउभाउ सहितको नृत्य प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा ट्रोल बनेकी छन्।

रियालिटी शो डान्स प्लस प्रोमा सहभागी भएकी उनले दुई प्रतिस्पिर्धीका साथ स्टेजमा नृत्य गरेकी थिइन्। हातमा पानीको बोतल लिइरहेकी उनी नृत्य गर्दै आफ्नो शरीरमा पानी खन्याइरहेको भिडियो क्लिप हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।

सो नृत्य प्रस्तुत गर्दै गर्दा शोका अन्य निर्णायक र दर्शक उनको नृत्य हेरेर आश्चर्यमा परेको देखिन्छ। सो नृत्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई अश्लीलता फैलाएको आरोप लागेको छ।