फोटोग्राफर श्रेष्ठलाई मातृशोक



काठमाडौं ।

अमेरिकामा रहँदै आएका ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठलाई मातृशोक परेको छ। राजीवकी ८९ वर्षीया आमा कमला श्रेष्ठको गत बुधबार बिहान अमेरिकामा निधन भएको हो।

लामो समयदेखि मुटुको रोगको उपचार गराउँदै आएकी कमलाको मुटुमा १५ वर्ष अगाडि नै भल्भ फेरिएको थियो। उनको केही अघि मात्र तेस्रोपटक जंको महारथारोहण सम्पन्न भएको थियो।

अमेरिकाको जर्मन टावनमा परिवारसँग बस्दै आएकी कमला अचानक अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्व. श्रेष्ठको माहिला छोरा राजीव श्रेष्ठलगायत तीन छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्