ट्राफिक प्रहरीको लापसे चेकिङ : २ जना चालक नियन्त्रणमा

0
Shares

काठमाडौँ।

काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ ख १४ ८४ नम्बरका माईक्रो चालक उदयपुरको त्रियुगा नगरपालिका ९ का ३० वर्षीय दिनेश क्यापछाकी र लु २ ख ८३४ नम्बरका ट्रक चालक पश्चिरम नवलपरासीको सुनवल नगरपालिका ६ का ३३ वर्षीय सुमित रानालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ।