समाचारपत्रकर्मी अधिकारीसहित ७ पत्रकार सम्मानित



काठमाडाैं ।

पोखरा र नेपाल समाचारपत्र कास्की संवाददाता टंक अधिकारी सहित ७ पत्रकार एकैपटक सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार समाचारपत्रकर्मी अधिकारीसहित पत्रकारहरु दिनानाथ बराल, कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् ।

अधिकारीलाई आर्थिक पत्रकारित पुरस्कार २०७८ बाट सम्मानित गरिएको हो । उनीसँगै दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । उनीहरुलाई नगद २० हजार रुपैयाँसहित सम्मनपत्र र दोसल्ला ओढाइ पुरस्कृत गरिएको हो ।

गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित भएका हुन्। यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिएको छ । उनीहरुलाई २० हजार १ सय ११ रुपैयाँ सहुत दोसल्ला र सम्मानपत्रबाट पुरस्कृत गरिएको हो ।  यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्