मेनुका इन्डियन आइडलको उत्कृष्ट १० मा



काठमाडौं ।

भारतीय टेलिभिजन गायन रियालिटी शो इन्डियन आइडलमा आफ्नो अद्भूत गायकीबाट निर्णायकदेखि दर्शकको समेत मन जित्दै आएकी नेपाली प्रतिस्पर्धी मेनुका पौडेल सो कार्यक्रमको उत्कृष्ट १० प्रतिस्पर्धीमा छानिएकी छन्।

आइतबार प्रसारित एपिसोडमा मेनुका शोको १४औं सिजनको अन्तिम १० मा प्रवेश गरेको घोषणा गरिएको थियो। उनले कार्यक्रममा आशा भोसलेको कजरा मोहब्बत वाला र पान खाए सैयाँ हमारे गरी दुई गीत गाएकी थिइन्।

गीत गाइसकेपछि शोका तीनै निर्णायकहरू कुमार सानु, विशाल ददलानी र श्रेया घोषालले स्ट्यान्डिङ ओवेसन दिएका थिए।

निर्णायक श्रेया घोषालले मेनुकाले सँधै लता मङ्गेस्करको गीत छान्ने गरे पनि यसपटक भने आशा भोसेलको गीत छानेर सरप्राइज दिएको बताएकी थिइन्। साथै मेनुकाले गाएका दुई गीतको आफूले अपेक्षा नै नगरेको बताएकी थिइन्।

केही समय अघिको एपिसोडमा मेनुका आफ्नो मुटुको धडकन बढेको भन्दै गाउँदा गाउँदै रोकिएकी थिइन्। केही क्षण विश्राम गरेर फेरि गीतलाई निरन्तरता दिएकी थिइन्।

सो बेला अतिथि निर्णायकका रूपमा शोमा पुगेका अभिनेता सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुने भन्दै पुनः गाउन आग्रह गरेका थिए।

मेनुकाले गीतको शब्द बिर्सिएका कारण उनको आगामी दिनको इन्डियन आइडलको यात्रा र निर्णायकको व्यवहार कस्तो हुने हो भन्ने कौतुहालताका बावजुद मेनुकाले आफूलाई शोमा दह्रो रूपमा प्रस्तुत गरिरहिन् र सुरुवातदेखि हालसम्म पनि निर्णायकबाट वाहवाही बटुल्दै आइरहेकी छन्।

शोको बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान भने बाहिरिएकी छन्। आइडलको यात्रा र निर्णायकको व्यवहार कस्तो हुने हो भन्ने कौतुहालताका बावजुद मेनुकाले आफूलाई शोमा दह्रो रुपमा प्रस्तुत गरिरहिन् र सुरुवातखेखि हालसम्म पनि निर्णायकबाट वाहवाही बटुल्दै आइरहेकी छन्।

शोको बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान भने बाहिरिएकी छन्।

प्रतिक्रिया दिनुहोस्