आफूले छोडेको वेब सिरिज सुस्मिताले खेलेको रविनाको दाबी



काठमाडौं ।

बलिउड अभिनेत्री सुस्मिता सेनको कमब्याक बेव सिरिज आर्याले दर्शक मात्र नभई क्रिटिक्सबाट पनि प्रशंसा पाइरहेको छ।

सो वेब सिरिज हिट भएपछि बलिउडकी अर्की अभिनेत्री रविना टण्डनले सो वेब सिरिज आफूले अस्विकार गरेपछि सुस्मिताले काम गरेको बताएकी छन्।

वेब सिरिज हिट भएपछि उनले सञ्चार माध्यमसामू सुस्मिताको भूमिकामा काम गर्न आफूलाई अफर आएको र सिरिजको स्क्रिप्ट आफूलाई रोमाञ्चक लागे पनि आफू फरक खालको भूमिकाको खोजीमा रहेकाले सो सिरिज अस्वीकार गरेर वेब सिरिज अरण्यकबाट डिजिटल क्षेत्रमा डेब्यु गरेको भारतीय सञ्चार माध्यमलाई बताइन्।

सो सिरिजमा उनी प्रहरीको भूमिकामा छिन्। क्राइम ड्रामा विधामा आधारित आर्याको निर्माताको पहिलो रोजाइ आफू रहे पनि आफूले काम गर्न अस्वीकार गरे पनि वेब सिरिज हिट भएपछि रविनालाई सो सिरिज छोडेकोमा खल्लो लागेको चर्चा समाचारमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्