सुनसरीलाई पराजित गर्दै झापा सेमिफाईनलमा



काठमाडौं ।

इलाममा शनिवारदेखि जारी प्रथम इलाम गोल्ड कप फुटबल प्रतियोगितामा बिर्तामोड युनाईटेड झापाले ३.० अन्तर गोलले राष्ट्रिय जागृती क्लब सुनसरीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको ठुलो टुँडिखेलमा सञ्चालित गोल्ड कपमा बिर्तामोड युनाईटेडका हिसुभ थपलियाले खेल सञ्चालन भएको ३७ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अगाडि पारेका थिए ।

त्यस्तै खेलको ५१ औँ मिनेटमा थपलियाले नै एक गोल र ८६ औँ मिनेटमा गील्सोन खन्दङवाको एक गोलले बिर्तामोड युनाईटेड सेमिफाइनलमा प्रवेश गरेको हो । आजको खेलको म्यानअफ द म्याच हिसुभ थपलिया भएका छन् । भोलि हुने खेल एनआरटी काठमाडौं र वाग्मती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

१३ गते सम्म सञ्चालन हुने खेलमा विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेड हर्ष फुटबल क्लबका अध्यक्ष साङ्गेन योल्मुले जानकारी दिए । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा एनआर टी सहित आठ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्