आफ्नै भवनमा प्रेस चौतारी

0
Shares

हेटौंडा ।

प्रेस चौतारी नेपाल मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको कार्यालयको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले शनिबार उद्घाटन गरेका हुन् ।

प्रेस चौतारीको कार्यालयबाट अब आन्तरिक गतिविधि गर्दै समाचारलेखनको काममा कार्यालय थप उपयोगी हुने उनले बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव तथा वागमती प्रदेश इञ्चार्ज विष्णु तारुकेले कार्यालय खोलेर प्रेस चौतारीले छरिएर रहेका पत्रकारलाई एकतावद्धढंगले काम गर्न सहज हुने बता ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज हरि हुमागार्इं, चौतारी वागमती प्रदेश महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापालगायतको आतिथ्यता थियो । प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा कार्यालय उद्घाटन गरिएको हो ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’ का चुनौती र सम्भावना विषयक दुई दिने कार्यशाला सकिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले मकवानपुर अध्यक्ष तथा वागमती प्रदेशका पूर्वश्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले कार्यशालामा निकै फलदायी रहेको बताए । अबको युग डिजिटल भएकाले यसतर्फ पत्रकारहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव लामा, सचिव तथा प्रदेश इञ्चार्ज तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज हुमागार्इं, चौतारी वागमती प्रदेश महासचिव दाहाल, नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, गैरसरकारी संस्था महासंघ वागमती प्रदेश अध्यक्ष आरती पाठक, सञ्चारिका समूह वागमती प्रदेश अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुर अध्यक्ष थापालगायतको आतिथ्यता थियो । चौतारी मकवानपुर अध्यक्ष अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्पराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।