त्रिवेणी गजेन्द्रमाेक्ष दिव्य धाम समितिको कार्यालय उद्घाटन 

0
Shares

नवलपरासी।

प्रसिद्ध धार्मिक तीर्थ स्थल त्रिवेणी गजेन्द्रमाेक्ष दिव्यधाम क्षेत्र विकास समितिको कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । विनयी त्रिवेणी गाउँ पालिका वडा नं.६ त्रिवेणी धाममा स्थापना गरिएको सो कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दीप प्रज्वलन गरी रिबन काटेर भवनको उद्घाटन गरे  ।

धार्मिक क्षेत्र त्रिवेणीमा गजेन्द्र मोक्ष दिव्य धाम, नागबाबा कुटी,केउलानी मन्दिर, वाल्मीकि आश्रम,बैकटेश मन्दिर, जटाशंकर,सीता पाताल प्रवेश स्थल,लवकुशले घाेडाबाधेकाे तवेला लगायतका पाैराणिक स्थल तथा प्राचीन मठ मन्दिर रहेका छन् ।

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र भूमि त्रिवेणी धाममा माघेओैसीका अवसरमा ठूलाेमेला लाग्ने गर्दछ ।