राजमार्गका ठुला होटल पनि मौलाउँदै यौन धन्दा



रौतहट।

पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ ।

राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । बारा जिल्लाको पथलैयादेखि ढल्केबरसम्मका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो स्थानीय रूपमा बढ्दै गएको छ ।

भारतको बिहार राज्यमा मजिरा बन्द भएसँगै पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा खुलेका साना तथा ठूला होटलहरूमा मदिरा सेवन गर्न तथा यौन क्रियाकलाप गर्न भारतीयहरूको आवागमन बढ्न थालेको हो ।

भारतीय ग्राहकलाई लक्षित गरी राजमार्गमा साना तथा ठूला होटलहरूले यौन क्रियाकलाप गराउने गरेको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । प्रहरी प्रशासनको मिलो महत्वमै राजमार्गका होटलहरूमा अवैध रूपमा यौन क्रियाकलाप हुने गरेको गुनासो बढ्दै गएको छ ।

देशका विभिन्न स्थानबाट युवतीहरू मगाएर भारतीय ग्राहक तथा स्थानीय ग्राहकलाई लक्षित गरी होटल खोल्नेहरूको संख्या समेत बढ्दै जान थालेको छ । पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले समेत यौन व्यवसाय गर्न थालेको समाचार स्रोतले जनाएको छ ।

साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

सर्लाहीको बागमती, हरिओन, नयाँ रोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूले खुलेआम रुपमा यौनधन्दा गराउने गरेको भन्दै स्थानीयले प्रहरी समक्ष गुनासो समेत गरेका छन् । सर्लाहीको हरियोनमा रहेको शिखर होटल र सैनिक होटलमा खुलेआम यौन व्यवसाय हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय हरिओनले ती स्थानमा कडाई गरेको छ ।

हरिओमा हुने यौन व्यवसायमा प्रहरीले आँखा लगाएपछि सोही स्थानमा यौन व्यवसाय गरेर कुष्ट पैसा कमाउँदै आएकाहरू यतिबेला अन्यत्र होटल खोज्दै हिँडेको जानकारहरूको भनाइ रहेको छ ।

हरिओन बजारमा प्रहरीले यौन व्यवसायी विरुद्ध कडा कदम चालेपछि हरियोनमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएकाहरु रौतहटको चन्द्रनिगापुरमा होटल खोज्न थालेको जानकारहरूको भनाइ रहेको छ । हरिओनमा रहेको शिखर होटलकी सञ्चालिका हरिओनमा होटल व्यवसाय गर्न समस्या भएको भन्दै अन्यत्र घरभाडा खोज्दै हिँड्न थालेको जानकारी प्राप्त भएको छ ।

बाराको पथलैया र निजगढ बजारका होटलहरूले समेत स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा अवैध रुपमा एवं व्यवसाय सञ्चालन गर्दै आएका छन् ।प्रहरीलाई मासिक रूपमा पैसा बुझाएर होटलमा खुलेआम यौन व्यवसाय गराउनेहरूका कारण समस्या उत्पन्न हुँदै आएको निजगढका एक जानकारको भनाइ रहेको छ ।

पछिल्लो समय बाराको पथलैयादेखि ढल्केबरसम्मको राजमार्ग क्षेत्रमा बढ्दो सहरीकरण सँगै यौन व्यवसाय समेत मौलाउँदै जान थालेको छ । राजमार्गका साना चिया पसलदेखि ठूला लगानीका होटलसम्म पछिल्लो समय एवं व्यवसाय गर्न तत्पर रहेको बुझिएको छ। होटल तथा पर्यटन व्यवसायका नाममा केही ठूला होटलवालाहरूले पछिल्लो समय भारतीय ग्राहकलाई लक्षित गरेर राजमार्गमा यौन व्यवसाय गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्