ईशाको सम्बन्ध विच्छेद !



एजेन्सी ।

बलिउड अभिनेत्री ईशा देवलको सम्बन्ध विच्छेदको समाचारले यति बेला बलिउड फिल्म नगरी तातेको छ।

भारतीय सञ्चारमाध्यममा आगो रह इशा र उनका व्यवसायी पति भरत तख्तानीबीच सम्बन्ध विच्छेद भएको खवर फैलिए पनि उनीहरू भने यस मामलामा चुप छन्।

समाचारमा जनाएअनुसार इशा र भरतबीच केही समययता सम्बन्ध ठिकठाक नरहेको उल्लेख छ। समाचारअनुसार पछिल्लो समय कुनै पनि सार्वजनिक कार्यक्रममा साथ देखिएका छैनन्।

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी ईशा पछिल्लो समयमा आफ्नी आमाका साथ देखिने गरेको समेत जनाइएको छ।

सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले पहिलोपटक इशा र भरतको सम्बन्ध बिग्रेकोबारे एक पोष्ट शेयर गरेपछि यो विषय गसिपको रुपमा फैलिएको थियो। सन् २०१२ मा विवाह गरेका ईशा र भरतको दुई सन्तान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्