नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्ति प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ।

बारा जिल्लाको कलैया उप-महानगरपालिकाका नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भनी नगर प्रमुखले प्रहरीलाई जानकारी गराएका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी पर्सा जिल्ला सखुवा प्रसौनी गाँउपालिका वडा नं. ५ महुवन बस्ने राम बालक गिरीको छोरा माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी जिल्ला पर्सा, सखुवा प्रसौनी गाँउपालिका वडा नं. ५ महुवन बस्ने राम बालक गिरीको छोरा ३६ वर्षीय भोला गिरीलाई बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपाने जानकारी दिए।