मधेसका नेता र जनताको निराशा

0
Shares

काठमाडौं ।

मधेसको राजनीतिमा धेरै सुनिने नाम गजेन्द्रनारायण सिंह हो । उनी २२ वर्ष अगाडि नै भौतिक रूपमा बिदा भइसके तर अहिले पनि उनले कोरेका मधेस राजनीतिका मार्गचित्र मधेसी दलहरूले दिशानिर्देशको रूपमा अनुशरण गर्दै छ । मधेसको मुद्दालाई संस्थाबद्ध गर्नमा बढी जस उनले नै पाउनुपर्ने हो।

गजेन्द्रनारायण पछि उदाएका अधिक चर्चामा रहेका दुई नेता उपेन्द्र यादव र डा. सिके राउत हुन्। मधेसको भूमिले धेरै नेताहरू जन्माए। सबैको चर्चा गर्न यहाँ सम्भव छैन । डा. सिके राउत जनमत पार्टीका राष्ट्रिय अध्यक्ष र प्रतिनिधि सभाका सांसद् हुन्।

उपेन्द्र यादव जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष र उनी पनि प्रतिनिधिसभाका सांसद् हुन्। यी दुईजनाको नै राजनीतिक सफर फरक–फरक छ। कथा र व्यथा फरक छन्। राजनीतिको ढाँचा फरक छन्।

गजेन्द्रनारायणले उठाएका विषय उठाउनु समान छन्। विभेदलाई उठाउनु दुई नेताको विशेषता हो। दुईका बीच विग्रह बढी र सहकार्य कम हुनु चिन्ताको विषय हो।

घटनाको कुरा नगर्नु उनीहरूको विशेषता हो। शब्दकोशमा मधेस शब्द नभए पनि उपेन्द्र यादवलाई धेरैले मधेसवादी नेता नै भन्ने गर्छन्। यो चाहिँ स्वाभाविक कुरा नै हो। राजनीतिमा उनको हाइट मधेस शब्दकै कारण बढेको हो।

मधेसको विषय नउठ्ने हो भने आज राजेन्द्र र डा. सिकेलाई चिन्दैन थिए। जसको नाम भजाएर नाम र ओहदामा बसेका छन् उनीहरूका बारेमा काम कम गर्नु दुर्भाग्य हो।
उनलाई राजनीतिमा मधेस शब्दले नै प्रदत्त गरेको हो। उनले आफ्नो राजनीतिक यात्रा कम्युनिस्ट पार्टीबाटै सूत्रपात गरेका हुन्। उनी विद्यार्थी नेता हुँदै मन्त्री, उपप्रधान्त्रीसम्म बन्ने अवसर पाएका नेता हुन्।

उनले राजनीतिमा पाइला टेकेदेखि मुलुकमा भएका उत्थानोन्मुख विद्रोहरूमा भाग लिए। त्यस क्रममा उनी जेल पनि परे। देशको राजनीतिक वृत्तमा उनको अतुलनीय योगदान छ।

उपेन्द्र बौद्धिक नेताको खेमामा पर्ने नेता हुन्। उनले २०५४ सालमा मधेसी जनअधिकार फोरम नेपाल नामक गैर सरकारी संस्था प्रतिपादित गरे । मुलुकमा देखिएका विकृति, असमानता, गरिबी कुरालाई चिर्नु फोरमको मुख्य एजेन्डा थियो।

नागरिकलाई राजनीतिक रूपमा सचेत बनाउने कार्यमा पनि फोरमले ध्यान दिएका थिए । फोरमको स्थापनापछि देशमा भएका सबै संघर्षहरूमा फोरमको सहभागी थियो । दोस्रो जनआन्दोलनको केही समयपछि अन्तरिम संविधान बनाउने कुरा चल्यो।

२०६३ साल माघ १ गते संविधान जारी भयो। मधेसी जनाधिकार फोरमले संविधानमा संघीयता समावेश हुनुपर्ने माग राखेका थिए । तर, संविधान जारी भएपछि संविधानमा संघीयता समावेश गरिएको थिएन। माघ २ गते उपेन्द्रलगायत केही मधेसी नेताहरू माइतीघरमा मण्डलामा अन्तिमा संविधान जलायो । प्रहरीले संविधान जलाएको आरोमा तिनीहरूलाई पक्राउ गर्‍यो।

फोरमको कार्यकर्ताहरू माघ ३ गते फोरमका पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै मधेस हड्ताल गरे। माघ ५ गते लहानमा बन्दको क्रममा माओवादी कार्यकर्ताको गोलीबाट रमेश महतोको निधन भएपछि आन्दोलन लम्बिएको थियो। धेरै मधेसीहरू मारिए। यो आन्दोनल नै पहिलो मधेस आन्दोलनको रूपमा स्थापित भयो । यहीँबाट उपेन्द्र यादवको चर्चाको मुहान फुट्यो। उनी मधेसवादी नेता कहलिए।

गजेन्द्रनायण सिंहपछि उनी मधेस राजनीतिक वृत्तामा बढी चर्चामा आए । संघीयताको माग, आन्दोलनमा मृत्यु भएकाहरूसहित घोषणा, घाइते भएकाहरूको उपचार समानुपातिक समावेशिता, जनसंख्याको अनुसार निर्वाचन क्षेत्र निर्धारण जस्ता मागहरू पूरा नगरेसम्म आन्दोलन फिर्ता नहुने भनेर सरकारलाई आन्दोलनकारी दबाब दिए।

आन्दोलन हिंसात्मक हुँदै गइरहेको थियो । सरकार र फोरमबीच २२ बुँदे सम्झौता भयो। मागहरू पूरा गरिने भएपछि आन्दोन फिर्ता भयो । २०६४ मा फेरि दोस्रो आन्दोलन भयो । २२ बँदे सम्झौतामार्फत् भनिएका मागहरू पूरा नभएपछि दोस्रो आन्दोलन भएको थियो।

यस आन्दोलनको क्रममा पनि मधेसीहरू मारिए। यस आन्दोलनमा तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी पनि सहभागी भएका थिए । फेरि आन्दोलनकारी र सरकारबीच ७ बुँदे सम्मझौता भयो।

आन्दोलन फिर्ता भयो। आन्दोलनमा भाग लिएका दलहरू संविधान सभा चुनावमा भाग लिन पुगे। मधेसवादी दलहरू राम्रैसित परेका थिए। २०७२ सालमा मधेसमा फेरि दोस्रो आन्दोलन भयो। यसमा धेरै मधेसीहरूले साहदत प्राप्त गरेका थिए। यसै क्रममा भारतले नाकाबन्दी लगाएको थियो । मधेस आन्दोलन आंशिका मागहरू पूरा भएका छन्।

मधेस आन्दोलनमा उपेन्द्र यादवको अधिक भूमिका रहेको छ। आन्दोलनको चालकभन्दा पनि फरक नपर्ला । यसको अर्थ यो पनि होइन कि अरू दलहरूको भूमिका थिएन। मधेस विद्रोहरूमा अरू मधेस केन्द्रित दलहरूले पनि उतिक्कै योगदान पुर्‍याएका थिए। मुलुकमा संघीयता, समानुपातिक समावेशिता समुत्थित गराउनमा मधेस विद्रोहको अनुलनीय योगदान छ।

अब थोरै चर्चा सिके राउतको गरौं । अहिले राउत प्रतिनिधिसा सांसद हुन्। उनी मधेस, पहाड सबैतिरका नेता हुन् । उनको पार्टी मधेस सरकार र संघका सरकारमा सहभागी छन्। सांसदमा खरो तरिकाले प्रस्तुत हुन्छन्। तर, कुनै बेला उनलाई धेरैले बिखण्डनकारी भनेका थिए। स्वतन्त्र मधेस हुनुपर्छ उनको माग थियो । असमानता र मधेसीलाई गरिने आपलेहनाकै कारण उनले पृथकतावादी मुद्दा उठाएका थिए।

उनी कयौँचोटी हिरासतमा पनि पुगेका थिए। उनको अभियान शान्तिपूर्ण शैली नै सञ्चालित थियो। उनका समर्थकको जमात पनि बढ्दै गइरहेको थियो । स्वतन्त्र मधेसको मुद्दा उठाएकै कारण उनी चिनिँदै गए। मधेस शब्दले उनलाई पनि नेता बनायो।

२०७५ सालमा केपी ओलीको नेतृत्वको सरकारसँग वार्ता गरेर विखण्डनको मुद्दा बिसाए। यो उनको राम्रो पक्ष थियो । त्यसपछि उनी मूलधारको राजनीतिमा फर्किए। जनमत पार्टी अध्यक्ष भए। विसं २०७९ मंसिरमा सप्तरी क्षेत्र नं २बाट प्रतिनिधि सभाको चुनाव जितेका थिए। उनी उपेन्द्र यादवलाई पराजित गरी आफू विजय भएका थिए। मधेसको दरिलो स्तम्भका रूपमा स्थापित नाम उपेन्द्र यादवलाई हराउँदा उक्त चुनाव चर्चाको विषय बनेको थियो।

मधेसलाई दुर्भाव र असमानताको नजर हेरिएका कारण मधेस केन्द्रित राजनीतिकको प्रभाव बढेको हो । तराई कांग्रेस, सद्भावना पार्टीजस्ता मधेस केन्द्रित समुत्थित हुनुको कारण पनि त्यही थियो।

मधेसीलाई नेपाली नठान्नु, विभेद गर्नु, सरकारी निकायहरूमा मधेसीको सहभागिता कम देख्नु, भाषा , भेषभूषा, रङका अधारमा मधेसीको राष्ट्रियामाथि शंका गर्नुकै कारण मधेस केन्द्रित राजनीतिको उठान भएको छ।

उपेन्द्र यादव र डा. सिके राउतको राजनीतिक मुद्दा पनि यस्तो विभेदलाई चिर्नु हो। तर, यी दुईबीच मधेसको मुद्दासम्बन्धी कुरा सहकार्य नहुँदा मधेसको मुद्दाहरू कमजोर हुँदै गइरहेको छ। जनमत पार्टी इतिहास मधेस शब्दसँग जोडिएको छ।

डा. सिके राउत मधेसलाई आफ्नो राजनीति मुद्दा नबनाएको भए सायद आज यहाँसम्म नपुग्न पनि सक्थे। सायद उनी स्वतन्त्र मधेसको माग नगरेको भए यति छोटो, यति राम्रो प्रस्तुत नहुन सक्थे। मधेसको समस्या सामाधान होस् भनेर नै उनलाई मधेसीहरू उनलाई आफ्नो नेताको रूपमा चुनेको हो। उपेन्द्र यादवको पनि इतिहास त्यस्तै छ।

मधेसी जनअधिकार फोरमा नेपालको स्थापना गर्नुभन्दा पहिला उनी पनि चर्चामा आइसकेको थिएन। मधेसीको नेताको रूपमा चिनिएको थिएन। मधेस आन्दोलनपछि मात्र उनी चर्चामा आए । मधेसको नेता कहलिए।

मधेसको हकहितको बारेमा अवाज उठाउनमा पहिलो नाम गजेन्द्रनारायण सिंहलको दोस्रो उपेन्द्रकै आउँछ । मधेस आन्दोलनमा उनको मुख्य भूमिका थियो । गालीको रूपमा प्रयोग हुने गरेको मधेस शब्द अहिले एउटा भूगोललाई जनाउँछ।

यो विशिष्ट उपलब्धि हो। मधेस आन्दोलनले मधेसलाई विश्व सामु चिनाएको छ। मधेसको नाम र सझा मुद्दा बोकेर राजनीतिमा उत्रिएका उपेन्द्र र सिकेलाई विग्रहको खेमामा हैन सहकार्य गरेर अगाडि बढ्नु पर्ने हो । मधेसी जनताको चाहाना त्यही छ।