अनुपविक्रम र उत्तमको म्याउँ



काठमाडौं ।

अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख भूमिका रहने फिल्म म्याउँ बन्ने भएको छ। माघे संक्रान्तिको अवसर पार्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

अनुपको लागि महत्वाकांक्षी तथा उत्तमको कमब्याक रहने फिल्ममा लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ। जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा प्रमुख भूमिकाका लागि अभिनेत्रीको भने टुंगो लागिनसकेको निर्देशक रायले बताए।

उनले फिल्ममा ट्विस्ट एन्ड टर्नको भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताए।

दक्षिण भारतीय फिल्म संगीका प्रख्यात एजे अली मिर्जाक नौशाद अलीले संगीत दिने फिल्ममा दक्षिण भारतीय फिस्ल्मका पाश्र्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन्।

दक्षिण भारतीय फिल्मकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डीओपी रहने फिल्ममा लक्ष्मण सुनारले एसोसियट निर्देशन तथा सम्पादन गर्नेछन्। चीनमा पनि रिलिज हुने फिल्मको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्