खजुरे ब्रो सुटिङमा



काठमाडौं ।

राजधानीमा आयोजित एक समारोहबीच सुरज सुनुवारको निर्देशनमा खजुरे ब्रो फिल्म निर्माणको औपचारिक घोषणा गरिएको छ। कमेडी जनरामा बनिरहेको फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्।

फिल्म धरानमा चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन फिल्म हुने निर्देशक सुनुवारले बताए।

फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनीष राउत, प्रेम सुब्बा, सुजाता राईलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गर्नेछन्।

डेब्यु फिल्म खजुरे ब्रोको कथा र टिम मन परेको कारण काम गर्न लागेको र राम्रो फिल्म बन्नेमा आफू ढुक्क रहेको अभिनेत्री नीति शाहले बताइन्।

फिल्मको छायांकन एकदमै राम्रो भइरहेको पनि नीतिले बताइन्। कार्यक्रममा बोल्दै रेयर राईले खजुरे ब्रोको शीर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र चूनौती पनि थपिएको बताए।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् भने भने फिल्मको छायांकन शुरु भइसकेको छ।

केही दिनको काठमाडौंको छायांकन सकेर टिम धरान प्रस्थान गर्नेछ। अनमोल गुरुङको संगीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौंमा छायांकन हुनेछ।

प्रतिक्रिया दिनुहोस्