पोखरामा ईश्वरको मुहूर्त



काठमाडौं ।

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ईश्वरको पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा शुभमुहूर्त गरिएको छ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन्।

फिल्ममा यसअघि नै मुख्य कलाकारको रूपमा पृथ्वीराज प्रसाई, सुनील थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला र गीता अधिकारीले अभिनय गर्ने पक्का भइसकेको छ। फिल्म माघ २८ गतेबाट सुटिङ फ्लोरमा जानेछ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा हरिबहादुर थापा र शंकर गिरीले निर्माण गर्ने फिल्ममा पटकथा एवंम् संवाद भोजराज देवकोटा, फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हुमागाईंको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्