रौतहट।
लामो समयपछि बारासँग जोडिएको साना सीमा नाकाहरूबाट चार पाङ्ग्रे सवारी साधन चल्ने सहमति भएको छ। कोरोनापछि नियमित सञ्चालन रहेको साना नाकाहरु पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले चार पाङ्ग्रे सवारी साधन आवातजावतमा रोक लगाएको थियो। करिब एकबर्षदेखि एसएसपीले सदियौँदेखि चलिआएको व्यवहारको वास्ता नगरी सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक दुःख दिने गरेको कारण बेटीरोटीको सम्बन्ध प्रभावित बनेको थियो।
तर, तीन दिनअघि भारतीय सुरक्षाकर्मी एसाएसबीको प्रधान कार्यालयले निर्णय गरेपछि बारासँग जोडिएको तीनवटा साना नाकाबाट चार पाङ्ग्रे गाडी चल्ने अनुमति दिएको छ। तर, रौतहटसँग जोडिएको कुनै पनि नाका बाट गाडी आवत जावतको लागि हालसम्म अनुमति दिइएको छैन।
बाराको ककोर्वा हुँदै भारतको झरोखर ९घोडासन, बाराको मटिअर्वा सन्तगन्ज,महुअवा कटगेनवा अदापुर नाकाबाट गाडी आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एसपी कान्तेश मिश्राले बताएका छन्।
एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवतजावतबारे छलफल भइरहेको जानकारी दिएका छन्।
रौतहटका सिडिओ हिरालाल रेग्मीले रौतहटको साना नाका खोल्ने निर्णयबारे आफूलाई जानकारी नभएको र यसबारे भारतीय समकक्षीसँगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल र भारतबीच सदियौँदेखि रोटीबेटीको सम्बन्ध रहिआएको छ।रौतहटको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारि बिहेवारी भएको छ।
रौतहट स्थित २८ किलोमिटर लामो भारतीय सिमानासँग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथि नै निर्भर रहेका छन्।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजार बाट नै ल्याउने गर्दछन्। जिल्ला सदरमुकाम गौर २०र३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेको समाजसेवी ठाकुरले बताएका छन्। वारिपारीबीच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरीबुहारी वारिपारि गर्नुपर्ने चलन रहर र बाध्यता रहेको छ।
सीमावर्ती नेपाली हजारौँ परिवारको यो दैनिकी चलिनै आएको थियो।यस्तो चलन र दैनिकी रौतहटको मात्र नभई नेपालको तराई मधेश र भारतको बिहार उत्तरप्रदेश बीच सदियौँदेखि रोटीबेटीको सम्बन्ध रहेको छ।
कोरोना महामारीपछि सधैंको जस्तो गाडी मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावतमा कुनै समस्या थिएन, सीमाक्षेत्रका मानिस सहजरुपमा वारुपारी आउने गरेका थिए। तर, पछिल्लो समय भारतीय सिमानामा खटिएका एसएसपीले चार पाङ्ग्रे सवारीसाधन आउजाउमा रोक लगाएका थिए।
माथिको आदेश भन्दै उनीहरुले रौतहटको सदरमुकाम गौर हुँदै भारतीय बजार बरागिनिया अथवा वीरगंज हुँदै रक्सौल भएर मात्र आउनजान दिएका थिए।
कहिले काहीँ नेपाल९भारत सीमा क्षेत्रबाट आवतआवत गर्दा भारतीय सुरक्षाकर्मीहरुले परिचय खुल्ने कागजात माग्न थालेका थिए ।
यसरी भारतीय सुरक्षाकर्मीले गाडी आउजाउमा रोक लगाएपछि मात्र ५ किलोमिटर पारीको गाउँ पुग्न ४०र५९ किलोमिटर टाढाको घुमाउरो बाटो जानुपर्ने हजारौँ परिवारको बाध्यता भएको थियो।
पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी०ले नाकामा कडाइ गरेको थियो ।
मधेश प्रदेशसँग सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसपीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका थिए ।
भारतका मिडिया रिपोर्ट अनुसार पाकिस्तानी नागरिक सीमा र भारतीय नागरिक सचिन १० मार्चदेखि १७ मार्चसम्म काठमाडौंमा थिए । त्यसपछि उनी स्थलमार्ग हुँदै नोयडा पुगेका थिए।
झन्डै १० महिना देखि सीमाक्षेत्रका मानिसको समस्याबारे कुनै जनप्रतिनिधि, तथा कुनै पनि दलका नेताले राज्यस्तर सम्म आवाज उठाउन सकेका थिएनन्।
-सञ्जय मिश्रा
प्रतिक्रिया