मिस युनिभर्स नेपाल २०२४ हुने



काठमाडौं ।

यसपालिको मिस युनिभर्स नेपाल ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा हुने भएको छ। ग्लोबल ग्ल्यामर भेन्चरले हालै राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी मिस युनिभर्स नेपाल २०२४ आयोजना गर्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार मिस युनिभर्स नेपाल २०२४ को आवेदन आगामी अप्रिलमा खुल्नेछ। १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाले प्रतियोगितामा भाग लिन सक्नेछन्।

भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले ऊर्जावान् र समर्पित समूहले कार्यक्रमलाई भव्य बनाउने दाबी गरिन्। पुरीका अनुसार मिस युनिभर्स नेपाल २०२४ प्रतियोगिताकी विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउनेछिन्।

पत्रकार सम्मेलनमा युनिभर्स वुमन २०२४ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदाको अनुभव सुनाएकी थिइन्। ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो।

नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो’ भ्यालेन्टिनाले सुनाइन्, ‘नेपाल आउँदा म मात्रै होइन मेरो परिवार पनि एकदमै उत्साहित छ।’ उनले नेपाली महिलाहरूलाई मिस युनिभर्स नेपाल २०२४ मा सहभागी भएर करिअरमा एउटा इट्टा थप्न सुझाइन्।

प्रतिक्रिया दिनुहोस्