पोखराबाट नौ जुवाडे पक्राउ

0
Shares

कास्की ।

प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र  चार बुक ताससहित पक्राउ गरेको जनाएको छ। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।