पर्खी बसें तिमीलाईको सिक्वेल बनाउन दर्शकको सुझाव



काठमाडौं ।

सञ्चारकर्मी तथा फिल्म निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २७औं फिल्म पर्खी बसेँ तिमीलाई हेर्ने दर्शकले यसको सिक्वेल निर्माण गर्न सुझाएका छन्।

ललितपुरस्थित लबिम मलको क्यूएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमलाई दर्शकले यसको सिक्वेल निर्माण गर्न सुझाएका हुन्।

निर्देशक दीपक श्रेष्ठ, नव कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकी, निर्माता राजाराम बुढाथोकीलगायत फिल्मको टिमलाई दर्शकले सिक्वेल बनाउन सुझाए। दर्शकले फिल्मको विषयवस्तुसँगै प्रस्तुतीकरण मन पराएका थिए। उनीहरूले धेरैपछि विशुद्ध प्रेम कथानक फिल्म हेर्न पाएको प्रतिक्रियासमेत दिए।

निर्देशक श्रेष्ठले हल प्रतिक्रिया शत प्रतिशत सकारात्मक रहेको बताए। ‘मैले केही समयको अन्तरालपछि फेरि फिल्म निर्देशन गरेँ। युवापुस्ताको प्रेमलाई मैले बुझेअनुरूप प्रस्तुत गरेँ। यसलाई दर्शकले रिलेट गर्नुभयो, म एकदमै खुसी छु’, निर्देशक श्रेष्ठले भने,‘मैले देखाएको कथा पर्दाबाट दर्शकसम्म पुग्नु मेरो सफलता हो। हाम्रो फिल्मको व्यापार अपेक्षाकृत छ।’

निर्माता बुढाथोकीले फिल्म हलमा नलागुञ्जेल लागेको डर अब हटेको बताए। ‘नया“ कलाकार लिएर आउँदा डर नभएको होइन, तर त्योभन्दा बढी रहेको आत्मविश्वासले काम गर्‍यो। नाम नयाँ तर नव कलाकारको काम पुरानै जस्तै छ’, निर्माता बुढाथोकीले भने, ‘स्पेसल स्क्रिनिङ र हल प्रतिक्रियाले म ढुक्क भएँ।’ अभिनेता श्रेष्ठले मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राले बल्ल सार्थकता पाएको बताए।

‘मैले पाइरहेको प्रतिक्रियाले उत्साह थपेको छ। म कलाकार बन्ने सपना बोकेर आएको थिएँ। म कलात्मक र व्यावसायिक दुवै मेकर्सको रोजाइमा पर्ने फिल्म गर्न चाहन्थेँ। यसको सुरुआत राम्रो भएको छ’, अभिनेता श्रेष्ठले भने।

अभिनेत्री बुढाथोकीले प्रत्यक्षस“गै सामाजिक सञ्जालमार्फत् पाइरहेको प्रतिक्रियाले आगामी यात्रा तय गर्न सहज हुने बताइन्। ‘मलाई लभर गर्लको भूमिकामा राम्रो गर्‍यौ भन्ने प्रतिक्रिया प्राप्त भएको छ। फिल्म हेर्दा केही स्थानमा आफै“ पनि भावनात्मक भएँ ’ अभिनेत्री बुढाथोकीले भनिन्।

रोमन फिल्म र तपश्री फिल्म्स् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।

कोमल गुरुङको सह निर्माणमा बनेको फिल्ममा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन, संकल्प भुजेलको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्