थानकोट -चित्लाङ सडकखण्डमा कार दुर्घटना, ५ जनाको मृत्यु

0
Shares

काठमाडौँ।

शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटाले दिएको जानकारी अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठडमाडौंदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको कार अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा काठमाडौं चन्द्रगिरी ४ हिमचुलीमा दुर्घटना भएको प्रहरीको भनाइ छ । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

दुर्घटनामा काठमाडौँ-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उनका ज्वाइँ काठमाडौँ–२ का डा. महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएकी छन् । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम  हाम फालेर बच्न सफल भएकी हुन् ।